लागूऔषध सहित दुई भारतीय पक्राउ |

अपराध

लागूऔषध सहित दुई भारतीय  पक्राउ |
मंसीर १४ काठमाडौं:-चन्द्रागिरी नगरपालिका-७ थानकोटबाट भारत विहार चम्पारणका २९ वर्षीय सविर अली र ५५ वर्षीय करण सहनीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६ सय ९५ एम्पुल, नुर्फिन ६ सय ९६ एम्पुल र फेनारगन ४ सय ९५ एम्पुल तथा वाइन सिरफ ७ बोतल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बि आर १ ए एच ६९०८ नम्बरको भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा कारभित्र झोलामा लुकाईछिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी कार सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...