गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ।

अपराध

मंसिर १७ पोखरा :-गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आईतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलिले उनलाई रंगेहात पक्राउ गरेको हो । लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिन्छु भनि उनले घुस लिएको खुलेको छ । पौडेलमाथी मुद्धाको प्रक्रिया सुरु भैसकेको अख्तियार श्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकको रुपमा कार्यरत थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...