तमु प्ये ल्हु संघले समाजहरुलाई नि:शुल्क आर्सनिक एलबम-३० औषधी वितरण गर्दै।

समाज

तमु प्ये ल्हु संघले समाजहरुलाई नि:शुल्क आर्सनिक एलबम-३० औषधी वितरण गर्दै।
जुन २५ मिलन क्रोम्छें तमु / पोखरा :-तमु प्ये ल्हु संघ केन्द्रिय समितिको समन्वयमा शरीरको कुनै पनि रोग सँग लड्न सक्ने क्षमता बढाउने शक्तिवर्धक औषधी आर्सनिक एल्बम-३० पैयुँखोला तमु समाज पोखरा, तालबेंशी तमु समाज, तालबेंशी र मार्गेली तमु समाज, भकुण्डेलाई फ-लि-ना क्होइबो रानीपौवा शक्तिघाटमा वितरण गरेका छ। मानिसको शरीरमा रोग प्रतिरोधात्मक शक्ति उच्च बनाउन मद्दत गर्ने सो औषधी अल नेपाल होमियोप्याथिक एशोसियसनको गण्डकी प्रदेश समितिको व्यवस्थापनमा, तमु प्ये ल्जु संघको समन्वयमा, किरण होमियोप्याथिक रामबजारको सहयोगमा र पाइला फिल्मस प्रा.लि.को ब्यानरमा निर्मित गुरुङ चलचित्र ङ्हेल्स्यो (सैना) को सह-सहयोगमा समाजहरु लाई वितरण गर्दै आएको छ। समाजहरुले आफ्नो घर संख्या नामावली उपलब्ध गराउनेहरु मध्ये स्याङ्जाली तमु समाज १३८, स्याङ्जा मनकामना पेल्काचौर ५३, लमजुङ डढुवा दुर्छा तमु समाज १०३, क्होला ट्हों धिं रामबजार ७१, शिवालय तमु समाज ८८, जनप्रिय तमु समाज ५९, क्होलादीप तमु समाज ५९, शान्त तमु स्माज ७०, सट्नेरी तमु समाज ८०, तालबेंशी तमु समाज ५२, मार्गेली तमु समाज ४५, म्होब्जे तमु परिवार १७, र पैयुँखोला तमु समाजलाई १९४ फेमेली प्याकेजको दरले औषधी वितरण गरेको छ । खर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...