उड्ने भए मानवरहित डा .पुनको ड्रोन नेपाली आकाशमा |

समाज

उड्ने भए मानवरहित डा .पुनको  ड्रोन नेपाली आकाशमा |
मार्च २५ पोखरा :-राष्ट्रीय अविस्कार केन्द्रका प्रमुख तथा  सामाजिक अभियन्त डा.  महावीर पुनले अविस्कार गरेको  स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ को  पहिलो  उडान म्याग्दीबाट गर्ने भएको छ ।नेपालका दुर्गम क्षेत्रमा नियमित औषधी ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसावको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ पंखे  र दुई पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष पुनले बताए । ‘अर्को महिनाको दोस्रो साता म्याग्दीमा परिक्षण उडान गर्ने तयारीमा छौ । नियमित उडानका लागि केही समय लाग्छ’ पुनले भने ।
उनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृह मन्त्रालय र अन्य आवश्यक मन्त्रालयसंग सहकार्य गरिने बताए । ड्रोनले औषधी लिएर ठाउँमा पुगेर औषधी छोडेर विमानस्थलमा फर्किने छ । ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने यूवाहरू ब्यस्त रहेका छन् ।केन्द्र मार्फत विद्युतीय सवारीसाधन, जलविद्युत आयोजनाका सोच समेत बनाइएको छ ।
केन्द्रको दिगो  विकासका लागि १० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरी विक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको नांगी जन्मिएका पुन अमेरिकामा उच्च शिक्षा हासिल गरेपछि बेतारे इन्टनेटर मार्फत दुर्गम क्षेत्रमा इन्टरनेट, टेलिमेडिसिन, कृषि, पर्यटन लगाएतका क्षेत्रमा सक्रिय थिए ।
सन् २००७ मा एशियाको नोबेल पुरस्कार भनेर समेत चिनिने म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भएका पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टीको ठुलाकोट भन्ने डाँडामा २० बर्ष अगाडी खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...