बहराइनमा साकेला उभौली( येले सम्बत ५०७८ ) भब्य रुपमा सम्पन्न |

अन्य

बहराइनमा साकेला उभौली( येले सम्बत ५०७८ ) भब्य रुपमा सम्पन्न |
मे ५ राजित तमु बहराइन :-किराँत राई ययोक्खा बहराइनले साकेला उभौली पर्ब (येले सम्बत ५०७८ ) बहराइनको जलाक बिचमा बिशेष कार्यक्रमको आयोजना गरी भब्यताको साथ सम्पन्न गरेको छ । '‘भाषा, लिपी, संस्कार, सँस्कृति हाम्रो पहिचान, सम्पूर्ण किराँती राईहरुको एकता हाम्रो अभियान'' भन्ने मुल नाराको साथ आयोजित उक्त कार्यक्रममा संस्थाका अध्यक्ष धनकुमार राईको सभापतित्व रहेको थियो भने प्रमुख आतिथ्यमा नेपाली राजदुतबास बहराइनका राजदुत महामहिम पदम सुन्दास त्यस्तै बिशेष अतिथिहरु कुटनितिकनियोग उपप्रमुख खगराज पाण्डे, नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ बहराइनका का.बा. अध्यक्ष बिरेन्द्र तुम्बापो, एन. आर. एन ए बहराइनका का बा अध्यक्ष लक्ष्मी गिरि तथा समाजसेवी गम बहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा बहराइनमा स्थापित विभिन्न बैचारिक संगठन जातिय, क्षेत्रीय संघ संस्था पत्रकार कलाकार ब्यबसयी लगायत बहराइनमा कार्यरत नेपालीहरुको उल्लेखनिय उपस्थित रहेको थियो । संस्थाको महासचिव खगेन्द्र राईले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य् संस्थाका उपाध्यक्ष एकराज राइले गर्नु भएको थियो । त्यस्तै प्रमुख सल्लाहकार नगेन्द्र चाम्लिङ राई ले उभौली पर्व यलेदुङ ५०७८ साकेलाको बारेमा प्रकाश पार्नुभएको थियो |हरेक बर्ष बैशाख पूर्णिमाका दिनबाट शुरुहुने उभौली पर्वले बेसितिरबाट लेकतिर खेतीपाती गर्न बसाइँ सर्ने समय भएको संकेत गर्ने साथै अन्नबाली लगाउने खुसीयालीमा मनाउने गरिने र उक्त समयमा युवा, प्रौढ र वृद्ध हरु आफ्नु मौलिक पोसाकमा सजिएर साकेला सिलि नृत्य नाचेर आफ्नु इस्ट देवता पारुहाङ र सुम्निमा लाई खुसी पारी अन्न बाली राम्रो होस भनी प्रथाना गरिने साथै एकाअर्कालाई मिष्टान भोजन गराई शुभकामना आदन प्रदान गरिने चलन रहेको र सात समुद्र पारी रहेर पनि आफ्नो संस्कार सँस्कृतिको सम्रक्षकको लागि किराँत राई ययोक्खाले बहराइनले स्थापनाकाल देखी सकेला पर्ब बहराइन बासी नेपाली माझ मनाउदै आएको जानकारी दिनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य् प्रमुख अतिथी महामयिम पदम सुन्दास र नेफिन बहराइनका महासचिव झहर थेबे, शुभकामना मन्तव्य राख्नुभएको थियो । राई संस्कार अनुरुप नछुङले आफ्नो कुल पित्री सम्झिदै तीनचुलामा पूजा गरेर साकेला नृत्यको सुरुवात गरिने गर्दछ । त्यसै अनुरुप हिजोको कार्यक्रममा नछुङ बचन राईले तिन चुलामा सबै बिधी पुर्‍याएर पूजा गरी सके पछी बाक्लो उपस्थिती रहेको राईहरुले ढोल, झ्यम्टा, चमर र सिलिमी लिएर आफ्नो मौलिक भेषभुषा सहित साकेला नीर्त्य प्रस्तुत गरिएको थियो । पर्यटकिय क्षेत्र जलाक बिच कार्यक्रम आयोजना गरिएको हुँदा नेपाली लगायत थुप्रै बिदेशीहरु पनि ढोल झ्यम्टाको तालमा ताल मिलाउदै साँझ अबेर सम्म नाच्दै थियो । यो अर्थमा पनि नेपाली सँस्कृति बिशेष गरी साकेला पर्ब बिदेशहरु बिच आफ्नो सँस्कृति देखाउने राम्रो अबसर बनेकोमा मक्ख थिए संस्थाका बरिस्ठ सल्लाकार श्याम किराँत । महिनौ जसो नेपाली कार्यक्रम भै बहराइनमा यो फरक किसिमको कार्यक्रमले नेपालीहरुलाई मात्रै होइन कार्यक्रममा उपस्थित सबै लाई एउटै सकेलाको ताल नचाउन सफल भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...