बहराइनमा साकेला उभौली( येले सम्बत ५०७८ ) भब्य रुपमा सम्पन्न |
अन्य
संस्थाको महासचिव खगेन्द्र राईले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य् संस्थाका उपाध्यक्ष एकराज राइले गर्नु भएको थियो । त्यस्तै प्रमुख सल्लाहकार नगेन्द्र चाम्लिङ राई ले उभौली पर्व यलेदुङ ५०७८ साकेलाको बारेमा प्रकाश पार्नुभएको थियो |हरेक बर्ष बैशाख पूर्णिमाका दिनबाट शुरुहुने उभौली पर्वले बेसितिरबाट लेकतिर खेतीपाती गर्न बसाइँ सर्ने समय भएको संकेत गर्ने साथै अन्नबाली लगाउने खुसीयालीमा मनाउने गरिने र उक्त समयमा युवा, प्रौढ र वृद्ध हरु आफ्नु मौलिक पोसाकमा सजिएर साकेला सिलि नृत्य नाचेर आफ्नु इस्ट देवता पारुहाङ र सुम्निमा लाई खुसी पारी अन्न बाली राम्रो होस भनी प्रथाना गरिने साथै एकाअर्कालाई मिष्टान भोजन गराई शुभकामना आदन प्रदान गरिने चलन रहेको र सात समुद्र पारी रहेर पनि आफ्नो संस्कार सँस्कृतिको सम्रक्षकको लागि किराँत राई ययोक्खाले बहराइनले स्थापनाकाल देखी सकेला पर्ब बहराइन बासी नेपाली माझ मनाउदै आएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य् प्रमुख अतिथी महामयिम पदम सुन्दास र नेफिन बहराइनका महासचिव झहर थेबे, शुभकामना मन्तव्य राख्नुभएको थियो । राई संस्कार अनुरुप नछुङले आफ्नो कुल पित्री सम्झिदै तीनचुलामा पूजा गरेर साकेला नृत्यको सुरुवात गरिने गर्दछ । त्यसै अनुरुप हिजोको कार्यक्रममा नछुङ बचन राईले तिन चुलामा सबै बिधी पुर्याएर पूजा गरी सके पछी बाक्लो उपस्थिती रहेको राईहरुले ढोल, झ्यम्टा, चमर र सिलिमी लिएर आफ्नो मौलिक भेषभुषा सहित साकेला नीर्त्य प्रस्तुत गरिएको थियो । पर्यटकिय क्षेत्र जलाक बिच कार्यक्रम आयोजना गरिएको हुँदा नेपाली लगायत थुप्रै बिदेशीहरु पनि ढोल झ्यम्टाको तालमा ताल मिलाउदै साँझ अबेर सम्म नाच्दै थियो । यो अर्थमा पनि नेपाली सँस्कृति बिशेष गरी साकेला पर्ब बिदेशहरु बिच आफ्नो सँस्कृति देखाउने राम्रो अबसर बनेकोमा मक्ख थिए संस्थाका बरिस्ठ सल्लाकार श्याम किराँत ।
महिनौ जसो नेपाली कार्यक्रम भै बहराइनमा यो फरक किसिमको कार्यक्रमले नेपालीहरुलाई मात्रै होइन कार्यक्रममा उपस्थित सबै लाई एउटै सकेलाको ताल नचाउन सफल भएको थियो।

