जनतालाई सरकारको दशै उपहार ,सार्वजनिक यातायात भाडा १० % बढायो |

अन्य    समाज

जनतालाई सरकारको दशै उपहार ,सार्वजनिक यातायात भाडा १० % बढायो |
असोज ७ काठमाडौँ :- नेपालीहरुको ठूलो चाड दशैं अगाडि सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने भएको छ । शनिबार राती यातायात व्यवस्था विभाग र यातायात व्यवस्था विभागबीच भएको सहमति अनुसार सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । व्यवसायीले दशैंको अग्रिम टिकट बुकिङ खोल्नको लागि भाडा बढाउने माग राख्दै आएका थिए । पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएपछि सो अनुसारको भाडा बृद्धि गर्नुपर्ने माग व्यवसायीको थियो । भाडा बढाउने सरकारको निर्णयसँगै यातायात व्यवसायी दशैंको अग्रिम टिकट बुकिङ खोल्न सहमत भएका छन् । २०६९ सालमा सार्वजनिक यातायातको भाडा पुनरावलोकन भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...