स्याङ्गजाको गल्याङ्गमा जीप दुर्घटना ३ जनाको मृत्यु ।

स्थानीय

स्याङ्गजाको गल्याङ्गमा जीप दुर्घटना ३ जनाको मृत्यु ।
सेप्टेम्बर ५ पोखरा :- स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन् । पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा २३ यात्रु सवार थिए । घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । ‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको पाइयो’ उनले भने, ‘क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४०० मिटर तल खसेको हो ।’

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...