तमु प्ये ल्हु संघ कन्चनपुरको अध्यक्षमा नरेन्द्र को क्ल्हेप्री तमु सर्बसम्मत चयन ।

देश

तमु प्ये ल्हु संघ कन्चनपुरको अध्यक्षमा नरेन्द्र को क्ल्हेप्री तमु सर्बसम्मत चयन ।
कार्तिक १५ कंचनपुर फिसटेल न्युज सम्बाददाता पुनर्वास ,कंचनपुर :-पुनर्वास नगरपालिका ११,अमरवस्ती,कंचनपुरमा बिहिवार सम्पन्न कंचनपुरवासि तमु समुदायको भेलाले नरेन्द्र को क्ल्हेप्री तमुको अध्यक्षतामा ११ सदस्यीय तमु प्ये ल्हु संघ तदर्थ समिति कंचनपुरको गठन भएको छ । उपाध्यक्ष ,सचिव ,सहसचिव कोषाध्यक्षमा क्रमशः गोबिन्द कोन्मे तमु,इन्द्रा क्ल्हे तमु,दुर्गा लेम तमु,सुशीला टु क्ल्हेपृ तमु,र सदस्यहरुमा हर्षराज लेम्मे तमु ,रामकुमार प्हच्यु तमु,उमेश खुलाल तमु,संगीता प्हच्यु तमु, दिपु क्ल्हे तमु हुनुहुन्छ भने एक सदस्य कार्यसमितिको बैठकले मनोनीत गर्ने भएको छ।सोही कार्यक्रममा पुर्णबहादुर कोन्मे तमु र रामबहादुर ल्हेगे तमुलाइ सल्लाहकार समितिमा चयन गरिएको छ ! तमु प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय निता खुलाल तमु, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर क्रोम्जे तमु,तमु प्ये ल्हु संघ केन्द्रिय पच्यु समितिका अध्यक्ष कुलप्रसाद क्रोम्जे तमु,बर्दिया शाखाका अध्यक्ष अमर थिम्जे तमु, तमु ह्युल छोज धि प्रदेश नम्बर ७ का प्रमुख रामबहादुर ल्हेगे तमु,आदिवासी जनजाति महासंघ पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष देबबहादुर घर्ती भुजेल,स्थानीय समाजसेवी राजु टु क्ल्हेप्री तमु लगायतले बोल्नु भएको थियो । स्थानीय समाजसेवी एवम् भेला आयोजक मुल समितिका नरेन्द्र कोके क्ल्हेप्री तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण केन्द्रिय सह-सचिव लोकेन पह्च्यु तमुले गर्नु भएको थियोे भने नवगठित कार्यसमितिलाई केन्द्रिय सङ्गठन बिभाग प्रमुख हर्क योज तमुले सपथ ग्रहण गराउनु भएको थियोे । साथै भेलामा स्थानीय कलाकारहरुले तमु सस्कृती झल्किने खालको सास्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...