पोखराको व्यस्त बजारमा रहेको दश वटा सटर भाडा छुट गरे मनोज गुरुङले ।

समाज

पोखराको  व्यस्त  बजारमा रहेको दश वटा सटर भाडा छुट गरे मनोज गुरुङले ।
जुन ८ अल्चना श्रेष्ठ /पोखरा :-पोखरा महानगरपालिका - ९ नयाँ बजार पोखराका समाजसेवी तथा मनकारी घरबेटी मनोज गुरुङले बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिट-१९) का कारण लकडाउनमा परी मर्कामा परेका भाडामा बस्ने विभिन्न व्यावसायीहरुलाई गम्भीर समस्यामा परेको भन्दै सबैको एक महिनाको सटर भाडा छुट गरेका छन । पोखारा महानगरपालिका - ९ नयाँ बजार स्थित व्यस्त बजारमा रहेको १० सटरहरुमा खाजा घर ,मोटरसाइकल वर्कशप ,फर्निचर ,आर्टस पसल ,टायर पसल , फ्रेशहाउस , रिकन्डिसन लगायतका विभिन्न व्यवसायी सन्चालनमा रहेको छ । कोरोनाको असरले ब्यापार व्यवसायी ठप्प भएको अवस्था छ । यस्तो महामारी अवस्थामा घर भाडा के कसरी तिर्ने भन्ने प्रश्न उब्जि रहेको समयमा घरधनि मनोज गुरुंङले भने अप्ठेरो परेको अवस्थामा सटर भाडामा बस्नेहरुको समस्या बुझ्नु पर्छ भन्ने संदेश सबै तिर जाओस भनेर यो निर्णय गरेको बताएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...