लोप हुँदै गएको थारु संस्कृति जोगाउन होम स्टे संचालन गर्दै |

समाज

लोप हुँदै गएको थारु संस्कृति जोगाउन होम स्टे संचालन गर्दै |
कार्तिक १४ वीरेन्द्रनगर:-पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास (होम स्टे )सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली प्रदेशमा थारू होमस्टे सञ्चालनमा ल्याइएको होमस्टे सञ्चालक जीतबहादुर चौधरीले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिका–१० नयाँ गाउँस्थित थारू बस्तीमा उक्त घरबास सञ्चालनमा ल्याइएको हो । कूल रु ४० लाखको लगानीमा निर्माण गरिएको घरबासको मुख्य आकर्षण घोँघी र ढिकरी रहेको सञ्चालक चौधरीले बताउनुभयो । घरबासमा ढिकरी, घोँघीका अलावा लोकल सुँगुरको मासु, स्थानीय खोलामा पाइने साना माछा, लोकल कुखुरा, हाँस, भेँडाको मासुलगायत बट्टाइ चराको मासुसमेत उपलब्ध हुने उहाँले बताउनुभयो । “पछिल्लो समय थारू संस्कृति लोप हुँदै जान थालेको छ, यसलाई संरक्षण गर्नको लागि घरबास सञ्चालनमा ल्याएका छौ , उहाँले भन्नुभयो, “घरबासले गर्दा यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्दछ ।” थारू संस्कृतिको नयाँ वर्ष तथा थारू समुदायको महान् चाड माघीदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ ।त्यसैगरी थारू बस्ती रहेको नयाँ गाउँका कृषक सबै कृषि पेशामा रहेकाले उनीहरूको आर्थिक आयआर्जनमा समेत टेवा पुग्ने गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक चौधरीले बताउनुभयो । यहाँका कृषकलाई अर्गानिक उत्पादन गर्न प्रात्साहित गर्दै स्थानीय कृषकले उत्पादन गरेका सामग्री घरबासमा ल्याउने चौधरीले बताउनुभयो । यसका लागि ३४ बिगाहामा अनदी धान लगाइएको चौधरीले बताउनुभयो । घरबासमा अनदी चामलका विभिन्न परिकार खुवाउने उद्देश्यले यसको खेती शुरु गरिएको छ । photo:-tharuwannews  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...