बृद्द भत्ता बढेन ,७० बर्ष भन्दा माथिका ब्रिद्द्बृद्दाहरुलाई सरकारले बिमा गरिदिने |

समाज

बृद्द भत्ता बढेन ,७० बर्ष भन्दा माथिका ब्रिद्द्बृद्दाहरुलाई सरकारले बिमा गरिदिने |
मे ३० काठमाडौँ :- सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छैन । यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले बृद्धभत्ताको दायर बढाउने घोषणा गरे पनि वर्तमान सरकारले भने सामाजिक सुरक्षाको अहिलेको वितरण अवस्थालाई नै निरन्तरता दिने घोषणा गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार व्यवस्थापिका संसदमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित बनाइने बताए ।साथै ज्येष्ठ नागरिक, एकल महिला, लोपोन्मुख जातजातिका नागरिकलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा भत्तालाई एकद्वार प्रणालीबाट वितरण गर्न एकीकृत सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने अर्थमन्त्रीले घोषणा गरे । अर्थमन्त्री खतिवडाले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकका लागि १ लाख रुपैयाँ बराबरको स्वास्थ्य बिमा गने र त्यसबापको विमाङ्क रकम पनि सरकारले नै जम्मा गर्ने बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...