डेढ बर्ष बन्धक बनाएर राखेकी एक महिलालाई गाउँ पालिका अध्यक्ष भुपेन्द्र राईको सहयोगमा उद्दार |

समाज

डेढ बर्ष बन्धक बनाएर राखेकी एक महिलालाई गाउँ पालिका अध्यक्ष भुपेन्द्र राईको सहयोगमा उद्दार |
पुस ४ काठमाडौँ ;-करीब डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी खोटांग  दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार देखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमानसंग थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् ।“तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,” अध्यक्ष राईले भन्नुभयो । काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो । तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उहाँको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् । तामाङको उपचारका लागि तत्काल रु १० हजार सहयोग गरिएको राईले बताउनुभयो । तामाङका एक छोरी र एक छोरा छन् । स्रोत समाचार ;-न्युज २४

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...