कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु ,मृत्यु हुनेको संख्या ४३।

स्वास्थ्य

कोरोनाबाट नेपालमा थप एकजनाको मृत्यु ,मृत्यु हुनेको संख्या ४३।
जुलाई २३ काठमाडौँ :-नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज माईस्थान घर भएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगञ्ज–६ माईस्थान बस्ने ७० वर्षीय श्याम नारायण वर्णवालको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।कोरोनाका लक्षण देखिएपछि वीरगन्जस्थित नारायणी अस्पतालअन्तर्गत गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हाे । मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...