जीवन मरणको संघारमा सामाजिक अभियन्ता पर्शुराम घर्ती।

स्वास्थ्य

जीवन मरणको संघारमा सामाजिक अभियन्ता पर्शुराम घर्ती।
फेब्रुवरी २३ युएई फिष्टेल न्यूज :-युवा सशक्तिकरण अभियानमार्फत् समाजको मुहार फेर्ने सपना बोकि दुई दशक अघिदेखि सामाजिक क्षेत्रमा सकृय गुल्मी दरबार – १, बलिथुम निवासी वर्ष ३९ का युवा समाजसेवी पर्शुराम घर्ति मगरको अकस्मात् दुबै मृगौलाले काम नगर्दा अस्पतालको शय्याबाटै सहयोगको अपिल गरिरहेका छन् । २०५३/५४ सालबाट स्थानीय युवाहरूलाई संगठितगर्दै, समाज परिवर्तनको अभियानमा हिडेका अभियन्ता पर्शुराम घर्ति जिल्लामै चर्चित क्लब, नव जनविकास युवा परिवार बलिथुम गुल्मीका संस्थापक अध्यक्ष हुन् । सामाजिक काममा कहिल्यै नथाक्ने पर्शुराम, यतिबेला भने आफ्नै जिन्दगीसंग थाकेका छन् । कस्तो बज्रपात आइलाग्यो कुन्नि ! दैवपनि यति साह्रो किन निष्ठुर भएहोला ।वंशाणुगत मृगौला पीडित भनौँ या संयोग ? पर्शुरामकी आमा मृर्गौलापीडित भएरै मृत्युवरण गर्नुपर्यो, उनकै सहोदर दाइ सोमबहादुर घर्तीको २०६९ सालमा दुबै मृगौला फेल हुँदा प्रत्यारोपणका लागि भएका जायजेथा, श्रीसम्पत्ती सम्पूर्ण रित्याएर उपचार गरे । त्यतिमात्रै होईन, पर्शुराम घर्तीका भाई थम्मन घर्तीसमेत मृगौला रोग कै कारण मृत्यु भयो । एउटा योग्य पर्शुराम जो थिए, अहिले उनकोसमेत दुबै मृगौला फेल भएर जीवनमरणको दोषाँधमा छट्पटाइरहेका छन् । यसरी एकपछि अर्का मृगौलापीडित परिवारका सदस्यहरूलाई उपचार गर्दागर्दा ठूलो ऋण लाग्यो उनलाई । त्यही ऋण उकास्न सकिन्छ कि भनेर पर्शुराम २०१८ मा युएईमा आए । तर गत डिसेम्बर १६ मा उनको अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि, अस्पताल गई चेकजांच गर्दा खुट्टा बढि सुन्निएकोले नशा फुट्ने सम्भावना रहेको र तुरुन्त ICU मा भर्ना गरि थप चेकजांच गर्नुपर्ने चिकित्सकले सल्लाह दिए । विस्तृत स्वास्थ्य परिक्षणको क्रममा उनको दुवै मृगौला १७ % खतरा रहेको चिकित्सकले बताए । ०।८ % भन्दा माथी असामान्य मानिने मृगौलाको अवस्था अत्यन्तै जटिल बनेपछि उनि तुरुन्त नेपाल फर्कि डिसेम्बर १९ मा काठमांडौ स्थित Grandy Hospital मा भर्ना भए । ICU कक्षमा १० दिन लामो डायलसिस र थप उपचार पश्चात् मृगौला प्रत्यारोपणका लागी अस्पतालमा भन्दा बाहिरै बसेर नियमित डायलसिस गरिरहनुपर्ने सल्लाह दिई अस्पतालले डिस्चार्ज गर्यो । का लागी गत पुस १६ गते देखि उनि प्रदेश नं ५ को बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल नजिक डेरामा बसि नियमित डायलसिस गरिरहेका छन् । डायलसिस मार्फत् मृगौलालाई तयारी अवस्थामा पुर्याएपछि प्रत्यारोपणको काम अगाडि बढाईने चिकित्सकले बताएका छन् । मृगौला प्रत्यारोपण उपचार पद्धति आफैमा अत्यन्तै खर्चिलो भएको र निजको आर्थिक अवस्था कमजोर रहेकोले उपचारका लागि आर्थिक सहयोग गरिदिन भनि अस्पताल र स्थानिय निकायहरुले सिफारिस गरेका छन् । यसै सन्दर्भमा बलिथुम गुल्मी स्थित नवजनविकास युवा परिवारले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुलाई सहयोगको आव्हान गर्दै यहि फाल्गुण ०७ गतेदेखि “पर्शुराम घर्ति बचाऔं अभियान” सञ्चालन गरेको छ । उक्त क्लवले हाल गुल्मी जिल्ला भित्रका बिभिन्न स्थानहरु, प्रवास(युएई, मलेशिया र कोरिया)मा समेत प्रतिनिधिहरु खटाई अभियान संचालन गरेको छ । यस अभियानमा सहयोग गर्न चाहनुहुने महानुभावहरुले निम्न व्यक्तिहरुसंग सम्पर्क गर्न सक्नुहुनेछ ।

चेत प्रसाद राकसकोटी - ००९७७९८४७३००१०५– अभियान समिति संयोजक पदम खड्का मगर - – ००९७१५०५०९८१५८ - युएई प्रतिनिधि घनश्याम ज्ञवाली (राजु) – ०८२१०८६८६३९४०- दक्षिण कोरिया प्रतिनिधि बालसिङ घर्ति मगर – ००६०१८३१९०१९४– मलेशिया प्रतिनिधि बैंक खाता विवरण:- मनिकला घर्ति मगर ग्लोबल आई।एम।ई। बैंक लिमिटेड खाता नम्बरः- ७१०७०१०००१४६८ सम्पर्क नम्बरः- ००९७७ ९८२८९५७७००


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...