इजरायलमा २५६३ औ बुद्द जयन्ती भव्यरुपले सम्पन्न ,विभिन्न राष्ट्रका कुटनितीक नियोग प्रमुखहरुको उपस्थिती ।

विदेश

इजरायलमा २५६३ औ बुद्द जयन्ती भव्यरुपले सम्पन्न ,विभिन्न राष्ट्रका कुटनितीक नियोग प्रमुखहरुको उपस्थिती ।
मे २१ इजरायल :-बिस्व शान्तीका अग्रदुत भगवान गौतम बुद्धको २५६३ औं बुद्ध जयन्ति तेल अभीव स्थीत हागना हलमा ऐतीहासिक तथा भब्य रुपले सम्पन्न भएको छ ।कार्यक्रम नेपाली राजदुतावास इजरायलयको मुख्य आयोजना तथा ४४ वटा संघ संस्थाहरुको आयोजना र १५ वटा मिडियाहरुको सहकार्यमा सम्पन्न भएको छ । इजरायलका लागी नेपाली महामहिम राजदुत डा. अन्जन शाक्यले भगवान शाक्यमुनी गौतम बुद्धको सिद्धान्त ,धार्मिक महत्वका बारेमा छोटकरीमा चर्चा गर्नु भएको थियो ।यस समारोहमा विभिन्न इजरायलका मन्त्रि देखि ,इजरायलमा रहेका क्रोसीय,भियतनाम श्रीलंका माल्दिभ्स ,दक्षिण कोरिया,भियतनाम ,म्यान्मार र ,क्यार्लिफोनिया देशहरुका राजदुतहरु लगायत विभिन्न देशका कुटनितीक नियॊग प्रतिनिधीहरु ,युनिसेफका डा.ध्रुबराज कोईराला,डा.तपराज पन्त ,राजेश कायस्थ ,एन आर एन ए इजरायलका पदाधिकारिहरु,इजरायलमा रहेका नेपाली संघ,संस्थाहरुको प्रतिनिधि ,बौद्ध धर्म गुरुहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा धर्म गुरु थुप्तेनद्वारा पुजा गरिएको थियो । इजरयालाबासी नेपालीहरुको आकर्षक नृत्य सम्पूर्ण पाहुनाहरुको रोजाईमा परेको थियो,भने कार्यक्रममा shenang gyamojo Tamang द्वारा निर्देशित शर्ट मूवी  Super Monk  प्रदर्शन गरिएको थियो । यस कार्यक्रमबाट भ्रमण बर्ष २०२० लाई पनि टेवा पुग्ने देखिन्छ भने यस कार्यक्रममा नेपाली राजदुताबासको सक्रियतलाई सराहनीय मान्नु पर्छ । अन्त्यमा प्रसाद वितरण पछी कार्यक्रम स्थलबाट तेल अभीव पार्क सम्म र्याली गरी कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम इजरायलका लागि नेपाली राजदुतावासकी नियोग उपप्रमुख आस्था सुब्बाले संचालन गर्नु भएकी थिईन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...