निर्मला पन्त हत्या प्रकरणमा एसपी बिस्टाको जागिरबाट हात धुनु पर्ने सम्भावना |

अपराध

निर्मला पन्त हत्या प्रकरणमा एसपी बिस्टाको जागिरबाट हात धुनु पर्ने सम्भावना |
असोज १० काठमाडौँ :-निर्मला पन्त हत्या अनुसन्धानका लागि गठित समितिले मंगलबार गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक हरि मैनालीको नेतृत्वमा गठित ५ सदस्यीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई मंगलबार प्रतिवदेन बुझाएको हो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टले गम्भीर गल्ती गरेको भन्दै अनुसन्धान समितिले प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा प्रहरीको गल्तीरकमजोरी लगायतका कुरा औंल्याइएको छ। प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनमा उल्लेख भएका कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिवेदनमा मुख्य गल्ती एसपी विष्टकै भएको बताइएको छ। गृह स्रोतले दिएको जानकारीअनुसार एसपी विष्टले घटना हुनु अघिदेखि गोली चलाउँदासम्म त्रुटि गरेको औंल्याएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...