पोखरामा ६ लाख सहित ११ जना जुवाडे पक्राउ |

अपराध

पोखरामा ६ लाख सहित ११ जना जुवाडे पक्राउ |
कार्तिक १७ पोखरा :-जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगपालिका वडा नं ९ बाट नगद करिव ६ लाख सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । नयाँबजारमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा शुक्रवार दिउसो ४ बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले तास खेलि खेलाइरहेको अबस्थामा नगद पाँच लाख ९७ हजार ३ सय साठी सहित ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका नायब प्रहरी उपरीषक रवीन्द्रमान गुरुङले जानकारी दिए । पक्राउ पर्नेहरुमा .बारा गढिमाई उ.म.न.पा.बारा घर भई हाल पोखरा म.न.पा. बडा न ९ नयाँबजार बस्ने बर्ष ३० का सुनिल प्रसाद, भारत मोतिहारी जिल्ला स्थायी घर भई नयाँबजार बस्ने बर्ष ४२ का राजु प्रसाद जैसवाल, बर्ष २८ का अमरेन्द्र जि.कास्की पोखरा म.न.पा. बडा कुमार, २५ का लव कुश कुमार,वर्ष ३२ का रम्भु प्रसाद, बर्ष ४० का धमेन्द्र प्रसाद,बर्ष २९ का पप्पु जैसवाल,बर्ष ३५ का रामा प्रसाद जैसवाल,बर्ष ४० का अबध किसोर प्रसाद, बर्ष २५ का धुर्व कुमार र भारत शिवरजिल्ला स्थायी घर भई नयाँबजार बस्ने बर्ष २८ का शिवनाथ पण्डित छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...