पश्चिम रुकुम घटनाको छानबिन र दोषीलाई कार्वाही गर्न बिश्वकर्मा समाज नेपाल युएईद्वारा बिज्ञप्ति ।

विदेश

पश्चिम रुकुम घटनाको छानबिन र दोषीलाई कार्वाही गर्न  बिश्वकर्मा समाज नेपाल युएईद्वारा  बिज्ञप्ति ।
मे २९ मनु कोंमे युएई :-पश्चिम रुकुमको चौरजाहारी गाउँमा गत २०७७ जेष्ठ १० गते स्थानीय बासिहरु मिलेर सुनियोजित ढ्ङ्गाले बाटैमा घेराबन्दी गरि नवराज बिश्वकर्मा लगायत उनका साथीहरु लाई निर्घात कुटपिट गरि हत्या गरिएको घटना प्रति बिश्वकर्मा समाज युएईको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको उच्च स्तरीय संसदीय छानबिन समिति गठन गरि घटनाको निष्पक्ष छानबिन होस् र नेपालीको संबिधान र विधान कानुन बमोजिम घटनामा संलग्न दोषीलाई हत्याको कसुरमा हदैसम्मको कार्वाहीको माग गर्दै पीडित लाई न्याय,क्षतिपूर्ति र सामाजिक सुरक्षाको व्यवस्था होस् भनी नेपाल सरकार संग जोडदार माग गर्दै बिश्वकर्मा समाज युएईले बिज्ञाप्ति निकालेको छ। बिश्वकर्मा समाज नेपाल युएई द्वारा निकालिएको बिज्ञप्ति जस्ताको त्यस्तै :- मिति २०७७ जेष्ठ १० गते जाजरकोट भेरी नगरपालिका वार्ड नम्बर ४ निवासी मुहान बिस्वकर्मा को छोरा नवराज बिस्वकर्मा र पश्चिम रुकुम चौरजहारी नगरपालिका वार्ड नम्बर ८, सोती निवासी बीरबहादुर मल्ल को छोरी सुष्मा मल्ल बिच लामो समय देखि प्रेम सम्बन्ध रहेको र २०७७ साल जेष्ठ १० गते प्रेमिकाले नै फोन गरेर बोलाए पछि नवराज बिश्वकर्मा आफु सहित केहि साथी हरुको साथमा पश्चिम रुकुम को चौरजहारी गाउँमा जाँदा गाउँका स्थानिय बासि हरु मिलेर सुनिओजित ढंगले बाटैमा घेराबन्दी गरि नवराज बिश्वकर्मा लगाएत उनका साथीहरु लाई निर्घात कुटपिट गरि नवराज बिश्वकर्मा सहित उनका ३ जना साथी हरु को हत्या भएको एस घटना प्रति बिश्वकर्मा समाज नेपाल (यू ए ई) को गम्भीर ध्यानाकर्सन भएको छ। नेपालको संविधानको धारा १८ को समानता को हक तथा धारा २४ ले छुवाछुत तथा भेदभाव बिरुद्धको हक सुनिश्चित गरि सकेको अवस्थामा आजको आधुनिक तथा वेज्ञानिक युगको २१ओ सताब्दीको उन्नत समाजमा अन्तर्जातीय प्रेम बिवाह गर्न खोज्दा ज्यानै गुमाउनु पर्ने घटना घट्नु अत्यन्तै निन्दनिया र दुखद रहेको छ।यस घटनाको उच्च स्तरिए संसदिय छानबिन समिति गठन गरि घटनाको निष्पक्ष छानबिन होस् र नेपालको संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्न दोषीहरु लाई अमानविय व्यहार र क्रुर हत्याको कसुरमा हदै सम्मको कार्वाही गरि पिडितलाई न्याय, छतिपुर्ति र सामाजिक सुरक्षाको व्यवस्था होस् भनि नेपाल सरकार संग यो समाज जोडदार माग गर्द छ। अन्त्यमा उक्त घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रधांजलि व्यक्त गर्दै बेपत्ता भएका हरु को तत्काल खोजि गर्न जोडदार माग गर्नु को साथै सम्पूर्ण घाइतेहरु प्रति सिघ्रस्वस्थलाभको कामना गर्दछौ। धन्यवाद ! सुब्बा विश्वकर्मा कार्यवाहक अध्यक्ष कमल खाती - महासचिव

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...