कतारमा ईद अल फितरको पावन अबसरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना |

विदेश

कतारमा ईद अल फितरको पावन अबसरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना |
जुन १२ चन्द्र ल्हेगें तमु दोहा :- तमु प्ये ल्हु संघ कतार शाखाले मुस्लिम धर्मालम्बीहरुको महान पर्ब ईद अल फितरको पावन अबसर पारेर कतारमा कार्यरत भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ | यस प्रतियोगिता ईदको पहिलो दिन देखि सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिक बैदेशिक रोजगारको शिलशिलामा कतारमा कार्यरत भलिबल खेल पारखी नेपालीहरुको लागी तमु प्ये ल्हु संघ कतार शाखाको संरक्षकत्व गठित खेलकुद बिभाग द्वारा “प्रथम खुला भलिबल प्रतियोगिता -२०१७” आयोजना गर्न गईरहेको जानकारी संघका सचिव चन्द्र ल्हेगें तमुले फिस्टेल न्यूजलाई टेलिफोन मार्फत बताउनु भएको छ |कतारमा कार्यरत नेपाली खेलाडी, नेपाली संघ सस्थाहरु र सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई तपसिलको मिति, स्थान, समयमा उपस्थित भई भलिबल खेल कार्यक्रमको शोभा बढाईदिन हुन तमु प्ये ल्हु संघ कतार शाखाको खेलकुद बिभाग समिति परिवार द्वारा बिनम्र अनुरोध सहित निमन्त्रणा गरिएको छ |

प्रतियोगिताको आकर्षक पुरस्कारहरु:-

प्रथम पुरस्कार :- नेपाली रु. १०५,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)

द्धितीय पुरस्कार :- नेपाली रु. ७०,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)

तृतीय पुरस्कार :- नेपाली रु. ३५,०००/- नगद, (ट्रफी, मेडल र प्रमाण पत्र)

उत्कृष्ट खेलाडी विधा:-

उत्कृष्ट खेलाडी १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट स्पाइकर १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट ब्लकर १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट क्विकर १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट लिफ्टर १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट डिफेन्डर १ जना, कप + प्रमाणपत्र

उत्कृष्ट अनुशासित १ जना, कप + प्रमाणपत्र

दर्ता शुल्क :- कतारी रीयल ४ सय ५१मात्र

खेलाडी टिमको दर्ताको लागी अन्तिम सम्पर्क मिति र समय: ईदको पहिलो दिन बेलुकी १० बजे भित्र |

भलिबल खेलका नियम हरु:-

१. खेल नकाउटको आधारमा खेलाइने छ |

२. खेल अन्तरराष्ट्रिय भलिबल महासंघ (FIVB)को अधिनमा रही भलिबल संघको नियमअनुसार Scoring Point system (TT) अनुसार खेलाइनेछ |

३. खेल क्वाटर फाइनल अबधि भर Best of Three मा खेलाइने छ भने सेमी फाइनल बाट Best of Five को आधारमा खेलाइने छ |

४. प्रत्येक टिममा १ मेनेजर, १ कोच, १ खेलाडी डाक्टर र ९ खेलाडी सहित १२ जना खेलाडी हुनुपर्नेछ |

५. टाइसिट गर्ने बेलामा प्रत्येक टिमको क्याप्टेन उपस्थित हुनुपर्नेछ |

६. टिम दर्ता गरि सकेपछी दर्ता शुल्क फिर्ता हुने छैन |

७. टाइसिट गर्नु भन्दा पहिला नै दर्ता शुल्क बुझाउनु पर्नेछ , यदि नबुझाएको खण्डमा खेलमा समाबेस गराउने छैन |

८. खेल अबधि भर सम्पूर्ण नियम रेफ्रीमा निहित हुनेछ |

९. सबै टिम तथा खेलाडीहरुले नियममा रही खेल्नु पर्नेछ |

१०. खेलमा प्रमुख रेफ्रीको निर्णय नै अन्तिम हुनेछ |

११. खेल नेपाल भलिबल संघ तथा छेत्रीय भलिबल संघबाट मान्यता प्राप्त राष्ट्रिय रेफ्रीहरु बाट संचालन हुनेछ |

१२. खेल अबधि भर मदिरा निषेधित रहनेछ, कसैले हो-हल्ला तथा झैँ-झगडा गर्न सख्त मनाही छ, यदि यस्तो भेटिएको खण्डमा आयोजकले कारबाही गर्नेछ |

१३. कुनै पनि टिम तथा खेलाडीहरु बाट खेलकुदको उच्च आदर्श एवं मर्यादा बिरुद्ध अनुशासित काम गरेमा उक्त टिम तथा खेलाडीलाई निर्णायक कमिटीले कारबाही गर्नेछ |

१४. खेलको सेमी फाइनल अबधि बाट १ जना खेलाडीलाई Man of the Match घोषित गरिनेछ | १५. समर्पण (वाक ओभर) : खेल संचालनको लागी दिईएको समय भन्दा १५ मिनेट पछी खेलाडीहरु खेल मैदान भित्र उपस्थित नभएमा नियम अनुसार अनुपस्थित टिमको समर्पण सम्झी उपस्थित टिमलाई बिजयी घोषित गरिनेछ | तपसिल मिति: ईदको पहिलो दिन देखि शुरु गरिनेछ l

स्थान: सनैया, स्ट्रिट नम्बर ५४, लेफ्ट साईड, Qatar Racing Club नजिकै l

समय: बेलुकी ६ बजे बाट   आयोजक :-तमु प्ये ल्हु संघ कतार(खेलकुद बिभाग)  

जानकारीको लागी सम्पर्क व्यक्तिहरु:- लिल कुमार तमु – 31343535, लालकाजि तमु – 77855498, चन्द्र तमु - 77413616, युद्धजंग तमु – 74764521, रन्जित तमु – 30059318, रबिन्द्र तमु – 33403831 , दिनेश परियार – 55545210, याम तमु (मिलन) - 66167638, कुमार तमु - 33819213, सागर सुनार - 70760891

 

नोट:- कतारमा कार्यरत नेपाली नागरिकले मात्र प्रतियोगितामा भाग लिन पाउने छ l चाडो आफ्नो सस्था तथा क्लबहरुको खेलाडी टिमको नाम टिपाउन हुन अनुरोध गरिएको छ |

   


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 3.50)
Loading...