इजरायलमा पनि म्ह :पूजा तथा नेपाल सम्बत ११३९ भब्य रुपले मनाए |

मूलबासि /भूमिपुत्र    विदेश

इजरायलमा पनि म्ह :पूजा तथा नेपाल सम्बत ११३९ भब्य रुपले मनाए |
कार्तिक २७ इजरायल :- नेवा:खल इजरायलको आयोजनामा तेल-अभिबमा नेवार समुदायको मौलिक सांस्कृतिक पर्ब म्ह: पूजा तथा मौलिक नेपाल सम्बत ११३९ शुभकामना आदान-प्रदान कार्यक्रम भब्य रुपले सम्पन्न भएको छ |नेवा :खल इजरायलका अध्यक्ष श्रीमती रेखा श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबासका तृतीय सचिव प्रदीप राज गिरी ,बिशिष्ट अतिथीहरुमा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ,एन आर एन इजरायलका उपध्यक्ष शान्त ज्ञवाली,बिशेष अतिथीहरुमा Orthopedic specialist, Hadassah Hospital Jeruselaim का डा.कृष्ण काशिच्वा ,Head of opearations UNiCEF का राजेश कायस्थ ,Head of Education Unicef का टप राज पन्थ ,लगायत विभिन्न जातीय ,धार्मिक ,राजनैतीक ,सामाजिक संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थिए | कार्यक्रम अध्यक्ष रेखा श्रेष्ठ , प्रमुख अतिथी तथा बिशिष्ट अतिथी ज्युहरुले संयुक्त रुपमा दीप प्रज्वल्लन गरी उदघाटन गरिएको सो कार्यक्रममा स्वागत मन्तब्य नेवा :खल इजरायलका कोष -अध्यक्ष मैना श्रेष्ठले दिनु भएको थियो भने पुर्व अध्यक्ष तेज श्रेष्ठले सुभकामना मन्तब्य दिनु भएको थियो | कार्यक्रममा स्थानीय कलाकारहरुले नेवारी समुदायको पहिचान झल्काउने गीत, संगीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो |साथै प्रमुख अतिथी नेपाली राजदुताबासका तृतीय सचिव प्रदीप राज गिरी,बरिष्ठ अतिथी ज्युहरु नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ ,एन आर एन इजरायलका उपध्यक्ष शान्ता ज्ञवाली लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो |म्ह:पूजा तथा नेपाल सम्बत ११३९को अवसरमा केक काटेर मनाएका थिए |नेवा :खल इजरायलका सल्लाहकार तथा बीबीसी ईन्युजका सम्पादक आरोह श्रेष्ठलाई बिशेस योगदानको लागी सम्मान गरिएको थियो |कार्यक्रम सभापती श्रीमती रेखा श्रेष्ठले समापन गर्नु हुँदै सम्पूर्णलाई शुभकामना तथा धन्यवाद दिनु भएको थियो |   त्यसपछी म्ह पूजा बिशेस रुपले शुरु भएको थियो |आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास मा यो पर्ब मनाइन्छ।यस म्ह:पुजामा नेपाली राजदुताबासबाट महामहिम राजदूत निरञ्जन कुमार थापा तथा वहाकी धर्मपत्नी, इजरायलमा स्थापीत संघ ,सस्थाबाट अध्यक्ष तथा प्रतिनिधी ,तथा इजरायलबासीहरुको उपस्थिती रहेको थियो |प्रत्येक बर्ष नेवा:खल इजरायलले म्ह पुजा मनाउदै आएको छ |

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ भने । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालि यो पर्ब मनाइने गरिन्छ |

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...