चार बर्ष देखी बन्दा रहेको तातोपानी नाका आजबाट संचालनमा ।

व्यापार

चार बर्ष देखी बन्दा रहेको तातोपानी नाका आजबाट संचालनमा ।
मे २८ काठमाडौँ :-बिनाशकारी भुकम्प कारण चार वर्ष देखि बन्द रहेको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाडौं आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो । चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् । नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ती मालबाहक ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । बुधबार मितेरी पुलबाट नै कन्टेनर नेपाल प्रवेश गराइने सम्भावना पनि रहेको छ । भूकम्पअघि व्यस्त रहने यो नाका विगत ४ वर्ष सुनसानजस्तै रह्यो । यहाँ पर्यटकीय चहलपहल र आवतजावत समेत नहुँदा आसपासका होटल व्यवसायी मर्कामा थिए । नाका सञ्चालनमा आएसँगै यस क्षेत्रमा बेग्लै रौनक र उत्साह देखिएको छ । विगतमा यो नाका हुँदै सामान बोक्ने कन्टेनर र अन्य सवारी साधन गरी दैनिक १५ सय हाराहारी सवारीसाधन आवत जावत गर्थे ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...