शेयर कारोबार ठप्प ,लगानीकर्ता आन्दोलित |

व्यापार

शेयर कारोबार ठप्प ,लगानीकर्ता आन्दोलित |
जुन ५ काठमाडौँ :-ओली सरकारको निर्णय विरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गएको शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ । शेयर लगानीकर्ताले सरकारी निर्णय फिर्ता हुनु पर्ने माग गरेका छन् । आन्दोनकारीका मागका सम्बन्धमा सोमबार दुई पक्षबीच सोमबार वार्ता भएको थियो । सम्भवतः आज पनि वार्ता हुने छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...