चिनियाँ सामान आयातका लागि केरुङ्ग नाकामा चहल पहल ।

व्यापार

चिनियाँ सामान आयातका लागि केरुङ्ग नाकामा चहल पहल ।

अक्टुबर ८ काठमाडौँ :- नेपाल र चीनको मुख्य ब्यापारीक नाका खुल्न नसकेपछी नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक/कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।बडादशैँयता ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले बताउनुभयो ।

साँघुरो सडक भएका कारण केरुङतर्फ जाने मालबाहक ट्रक।कन्टेनर लामबद्ध भई सडकमा आफ्नो पालो कुरिरहेको बताइएको छ ।चीनबाट स्याउ, तयारी कपडा, बच्चाका खेलौना, विद्युतीय सामान, कपडा, जुत्ता, चप्पल, थर्मस, खाना पकाउने कुकरलगायतका सामग्री आयात हुने गरेको टिमुरेस्थित भन्सार कार्यालयले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...