इजरायलमा नेपाली राजदुताबासको आयोजनामा २५६२ औ बुद्द जयन्ती भब्य रुपले मनाउने तयारी |

अन्य

इजरायलमा नेपाली राजदुताबासको आयोजनामा २५६२ औ बुद्द जयन्ती भब्य रुपले मनाउने तयारी |
अप्रिल ३० इजरायल :-नेपालमा लगायत विभिन्न ठाउहरुमा (आज बैशाख १७ मा) २५६२ औं बुद्ध जयन्ती  भब्य रुपले मनाएको खबर आईरहेको भए पनि इजरायलमा प्रथम पटक नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनामा भब्य रुपले मनाउने तयारि भैरहेको छ | आउँदो १२ मे २०१८ शनिबारको दिन तेलअविव स्थित हगान -१३५ इजरायलमा मनाउने भनिएको २५६२ औं बुद्ध जयन्ती इजरायलमा स्थापना भएका विभिन्न राजनैतिक, सामाजिक ,जातीय धार्मिक ,साहित्यिक ,परोपकारी गरि ३९ संघसंस्थाहरुको सहआयोजन र सम्पूर्ण अनलाइन मिडियाहरुको पनि साथ र सहयोग रहने भएको छ |स्मरण रहोस गएको बर्षहरुमा इजरायलमा स्थापना भएका जातिया संघ /सस्थाहरुले आलोपालो गरेर बुद्द जयन्त मनाउदै आईरहेको थियो | यस बर्ष भने नेपाली राजदूताबास इजरायलको मुख्य आयोजनाको जिम्म लिनु सराहनीय कदम मानिएको छ |सह-आयोजकमा आवद्ध हुन उच्छुक बाँकी वा छुटेका संघसंस्थाहरुले नेपाली दुतावास इजरायल अथवा सानु गुरुङ, डोमा शेर्पा, सुन्दर सिंह लामा तामाङ, पुष्प श्रेष्ठ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

आयोजक :-– नेपाली राजदूतावास इजरायल कार्यक्रम :-२५६२ औं बुद्ध जयन्ती स्थान :- हगाना -१३५ तेलअविव मिति :- १२ मे २०१८ शनिबार समय :-९;३० बिहान

उक्त दिन तेलअविवको लेवेस्न्की पार्कबाट कार्यक्रम स्थल सम्मको लागि बिहान ९ बजे देखि निशुल्क बसको व्यवस्था समेत रहेको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...