श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित ।

अन्य

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित ।
मार्च ३ फिष्टेल न्यूज:- विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोरोनाको उच्च जोखिममा राखेको अवस्थामा सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई आदेश दिएको हो ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गर्ने तयारी गरेको छ। सोमबार सर्वोच्च अदालतले कोरोना संक्रमण रोकथामका लागि केही दिन वा महिना अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई दिएको आदेश अनुसार मंगलबार नै यसबारे निर्णय गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्त सुमन घिमिरेका अनुसार सर्वोच्चले तोकेको पाँच देश र अन्य कुन/कुन देशमा भिषा रोक्ने भन्ने विषयमा छलफल भइरहेको छ। उनले भने, 'विश्वभर कोरोनाको त्रास बढ्न थालेको छ, केही दिन अघि मात्रै बहराइन जान लागेका ३० जना नेपाली कामदारलाई दुबईबाट पनि फर्काइएको छ।' उनले विभिन्न देशमा श्रमिक भएर जानुअघि उक्त देशले प्रवेशमा रोक लगाएको वा नलगाएबारे बुझेर मात्रै जान नेपाली कामदारलाई आग्रह गरे।सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउन सुरु गरिएको खनालले बताए । प्रभवित देशहरुमा अब सिधा उडान पनि रद्द गरिने जानकारी दिएका छन् ।त्यस्तै मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाँच देशका नागरिकलाई ‘अनअराइभल भिषा’ नदिने भएको छ। अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै पाँच वटा देशको अनअराईभल भिसा रोक गर्ने निर्णय गरेको हो।विदेशबाट नै भिसा लगाएर स्वास्थ्य परिक्षणको रिपोर्टपछि मात्र नेपाल आउन पाउने छन्। अहिलेसम्म कोरोना भाइरसका कारण करिब ३ हजार जनाको निधन भइसकेको छ भने ८८ हजार भन्दा बढी सं’क्र’मित छन्। चिन सहित कोरोना प्रभावित देशका नागरिकहरुलाई नेपालको भिसामा रोक ।      

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...