दाङ्गमा सिरक र डसना उधोगमा आगलागी |

अन्य

दाङ्गमा सिरक र डसना उधोगमा आगलागी |
मे ३० दाङ्ग :-दाङको तुलसीपुर–९, मा रहेको राजु तामाङको दोघरे सिरक डसना उद्योगमा बुधबार साँझ ठूलो आगलागी भएको छ । आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भई लागेको आगोका कारण सिरक, डसना बनाउन प्रयोग गरिने कच्चा पदार्थ, कपास, मेसिन, उपकरण, तयारी अवस्थामा राखिएका सिरक, डसना, तकियालगायतकासामग्री जलेर नष्ट भएको पीडित परिवारले बताएको छ । उद्योगमा आगलागीको घटना भए लगत्तै स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तुलसीपुर उपमहानगरपालिको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । प्रारम्भिक जानकारी अनुसार झण्डै ३० लाखको क्षति भएको र अझै विस्तृत विवरण आउँन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...