यती एयरको जहाजमा एक युवतीको मृत्यु ,घटना १३ दिनसम्म गुपचुप |

अन्य

यती एयरको जहाजमा  एक युवतीको मृत्यु ,घटना १३ दिनसम्म  गुपचुप |
असोज १८ भैरहवा:-भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको छ । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि सार्वजनिक भएको छ । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुीकी ३० बर्षीया पुष्पा रायमाझीको जहाजमै मृत्यु भएको मृतक रायमाझीको परिवारले बताएको छ । यती एयरको एटीआर ७२-५०० यात्रा गररहेकै पुष्पा भैरहवाबाट उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको परिवारको आरोप छ ।विमान चढेको १० निमेटमै अचेत भएर ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराउनेतर्फ ध्यान नदिँदा उनले ज्यान गुमाउनेपरेको मृतक पुष्पाका काका विष्णुबहादुर रायमाझीले बताए । साभार :- अन्नपूर्ण पोष्ट

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...