जि.स .वकील कार्यालय कास्कीका सहन्यायाधीवक्ता ५ लाख घुस सहीत पक्राउ |

अन्य

जि.स .वकील कार्यालय कास्कीका सहन्यायाधीवक्ता ५ लाख घुस सहीत पक्राउ |
असोज २५ पोखरा:- जि. स. वकिल कार्यालय कास्कीका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा सेवाग्राहीसँग घुस लिदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले थापालाई सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो । अख्तियार टोलीले थापालाई ५ लाख घुस सहित रंगेहात पक्राउ गरेको जनाएको छ । अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार ठगी मुद्धामा उच्च अदालत पोखराबाट सफाइ पाएका एक सेवाग्राहीलाई सर्बोच्चमा मुद्धा नचालउने भन्दै उनले ५ लाख घुस मागेका थिए । बुधवार विहान कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थापालाई अख्तियार टोलीले घुस लिदै गर्दा पक्राउ गरेको हो । उनलाई भ्रष्टाचार मुद्धामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।अख्तियारको टोलीले मंगलबार साँझ ५० हजार घुससहित मालपोत कार्यालयबाट दुई जनालाई पक्राउ गरेको थियो भने घटनामा सम्लग्न एक जना फरार छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...