बेनीमा कृतिम हातखुट्टा शिविरबाट ३५ जनाले सेवा लिए ।

स्वास्थ्य

बेनीमा कृतिम हातखुट्टा शिविरबाट ३५ जनाले सेवा लिए ।

अक्टुबर २५ बेनी :-बेनीमा दुईदिनसम्म सञ्चालित कृक्रिम हातखुट्टा सम्बन्धि शिविरमा ३५ जनाले सेवा लिएका छन् ।सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका थिए ।बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था ‐मोना)यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिका देखी बृद्धबृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. धिरेन मल्लले बताए ।

‘शिविरले अपाङ्गता भएका विरामीलाई धेरै राहत मिलेको छ ।विभिन्न शिविरले लुकेका विरामीहरुलाई समेत पहिचान गर्न सजिलो हुन्छ’ मल्लले भने । बेनी अस्पतालमा आयोजित शिविरमा दुईदशक देखी एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका,आर्थिक अवस्था कमजोर भएर कृक्रिम खुट्टा समेत प्रयोग नगरेका विरामीहरु आएका थिए ।अफ्रिकी मुलुक हाइटीमा कृक्रिम हातखुट्टा उत्पादन तथा जडान सम्बन्धि प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवम् विशेषज्ञ अर्थोपेडिक स्टेफी लगाएत पाँचजनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका थिए । शिविरमा कृत्रिम खुट्टाको प्रयोगमा आवश्यक पर्ने अभ्यास समेत गरिएको थियो ।

माओवादीको शसस्त्र यूद्ध, सडक दुर्घटना, भीरबाट लडेर, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाले शिविरले आफ्नो दैनिकीमा सहज भएको बताएका थिए । त्यस्तै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले अपाङ्ता भएकाहरूलाई राहत र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि कार्यान्वयन नगर्दा निकै समस्या हुने गरेको बताउँदै विदेशी टोलीबाट नियमित शिविर तथा सहयोगको आवश्यकता रहेको बताए ।

यसैविच बेनी अस्पतालले आगामी दिनमा समेत शिविरलाई निरन्तरता दिन अनुरोध गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले शिविरका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । शिविरको ब्यवस्थापनमा बेनी सामुदायिक विद्यालयका विद्यार्थीले स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...