नेपालमा एकै दिनमा २३९ जना संक्रमित पुष्टि,संक्रमित संख्या १८११।

स्वास्थ्य

नेपालमा एकै दिनमा २३९ जना संक्रमित पुष्टि,संक्रमित संख्या १८११।
जुन १ काठमाडौँ :-नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित सोमबार एकैदिन २३९ जनामा संक्रमण पुष्टि भएको छ।यस अघि सोमबार नै २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो । अब संक्रमितको संख्या १८११ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको पछिल्लो विवरण अनुसार नवलपरासी, पाल्पा, कपिलवस्तु, रुपन्देही र गुल्मीमा थप १३ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु मायादेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्। पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएका हुन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...