पुनः एक हप्ता थपियो लकडाउन,उच्च स्तरिय समन्वय समितिको सिफारिस ।

स्वास्थ्य

पुनः एक हप्ता थपियो लकडाउन,उच्च स्तरिय समन्वय समितिको सिफारिस ।
एप्रिल २५ काठमाडौँ :-कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप एक हप्ता लम्ब्याउन सिफारिस गरेको छ ।मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले एक हप्ता लकडाउन थप्ने र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँ खुकुलो गर्न सकिने सुझाव दिएको हो । शनिबार बसेको बैठकले रेग्मीको नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएको थियो ।समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ ।छिमेकी देश भारतमा सङ्क्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...