स्याङ्जा माझकोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न |

स्वास्थ्य

स्याङ्जा माझकोटमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न |
मंसिर १८ सम्बत्दाता फिष्टेल न्युज पोखरा :-स्याङ्जा माझकोट सम्पर्क समिति पोखराको आयोजनामा वालिङ नपा -३ माझकोटमा १६ गते आइतबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वालिङ नपा वडा नम्बर ३ को स्थानीय ब्यबस्थापन,कालिका आमा समुहको सह- ब्यबस्थापनमा सम्पन्न स्वास्थ्य शिबिरमा कान्तिपुर डेण्टल हस्पिटल पोखरा, हिमालय आँखा हस्पिटल पोखरा,कास्की सेवा हस्पिटल पोखरा,माझकोट स्वास्थ्य चौकिको प्राबिधिक सहयोग र नेपाल जेस्युइट पाल्पाको औषधि सहयोग रहेको कार्यक्रम संयोजक लोकेन गुरुङले बताउनु भयो । शिबिरमा दन्त,आँखा,स्त्रीरोग र मेडिकल सम्बन्धि ३६५ जनाको स्वास्थ्य जाँच गरिएको सम्पर्क समितिका सचीव बिष्णुमाया गुरुङले बताउनु भएको छ भने साबिक माझकोट गाबिस र माझकोट माबिका विद्यार्थीहरु एवम् छिमेकी गाउँवासिको स्वास्थ्य परिक्षण गरिएको समितिका अध्यक्ष सु. लोकबहादुर गुरुङले बताउनुभयो।समितिको सक्रियतामा यस अघि माझकोट माबिमा कम्प्युटर सेट,पुस्तकालय स्थापना गरिसकेको उपाध्यक्ष सु.उमानसिङ गुरुङले बताउनुभयो । साथै भाबी दिनहरूमा माझकोट स्वास्थ्य चौकिलाइ आवश्यकता अनुसारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने लक्ष्य समितिको रहेको सचिव बिष्णुमाया गुरुङले बताउनु भएको छ । शिबिरलाइ बुढाकोट/ खरिचौर समाज पोखरा,भिरकोट माझकोट समाज पोखरा,राम्चेली गडभाइ समाज पोखरा,बाङ्खे समाज पोखरा,किरण होमियो तथा किरण एग्रो फार्म पोखरा,भिम गुरुङ,सुबास गुरुङ,सुरेन्द्र गुरुङ,राम गुरुङ,बिपना गुरुङ,घनश्याम गुरुङ,सु. लोकबहादुर गुरुङ,गौमाया गुरुङ,शङ्कर बिरही ग्राफिक्स डिजाइन पोखरा लगायतले सहयोग गरेको कोषाध्यक्ष सु.डम्बरबहादुर गुरुङले बताउनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...