इजरायली प्रधानमन्त्रिका सल्लाहकार कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना ,इजरायलमा मर्नेको संख्या १५ पुग्यो ।

स्वास्थ्य

इजरायली प्रधानमन्त्रिका सल्लाहकार कोरोना भाइरस संक्रमण देखिएपछि अस्पताल भर्ना ,इजरायलमा मर्नेको संख्या १५ पुग्यो ।
मार्च ३० फिष्टेल न्यूज :-इजरायली प्रधानमन्त्रि नेतान्याहूका सल्लाहकार Rivka Paluchलाई कोरोनाभाइरस(कोभिड-१९ )को परिक्षण सकारात्मक आएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।प्रधान मन्त्रि कार्यालयका अनुसार सबैले स्वास्थ्य विकास मन्त्रालयका निर्देशनहरु पूर्ण रुपले पालना गर्ने पनि बताएको छ ।Rivka Paluch का श्रीमान र उनी अस्पताल भर्ना भईसकेका छन।उनी र प्रधानमन्त्री १५ मिनेट एकै कोठामा भेटेको हुनाले प्रधान मन्त्रि नेतान्याहूलाई पनि quarantine मा राख्नु पर्ने हुन सक्ने प्रधान मन्त्रि कार्यालयले जनाएको छ ।यसैगरी अरु बिपक्षि नेताहरु पनि quarantine मा बस्नु पर्ने हुन सक्छ । इजरायलमा कोरोना भाइरस संक्रमित ४२४७ पुगेको छ र ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...