बिरगंजमा कोरोना संक्रमित भेटियो ,परिवार होम क्वारेन्टाइनमा |

स्वास्थ्य

बिरगंजमा कोरोना संक्रमित भेटियो ,परिवार होम क्वारेन्टाइनमा |
मार्च २२ काठमाडौँ : -पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको आशंका भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो । यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । समाचार स्रोतः न्यूज २४

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...