घातक रोग वापत नेशनल लाइफ इन्स्योरेन्सबाट १० लाख भुक्तानी ।

स्वास्थ्य

घातक रोग वापत नेशनल लाइफ इन्स्योरेन्सबाट १० लाख भुक्तानी ।
नोभेम्बर २४ दमक :-मोरङ मिक्लाजुङ–८ मधुमल्ला तोरीबारीका ३२ वर्षिया इश्वरी थापाले करिव एक वर्षअघि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा मार्फत रु २५ लाखको जीवन बीमा गरेका थिइन् । बीमा गरेको केही समय पश्चात ९असार० देखी स्वास्थ्यमा समस्या भएपछि इश्वरी थापा कटुवाल विराटनगरस्थित एक अस्पतालमा पुगिन् । उपस्तालका चिकित्सकहरुले उनलाई टाउँकोमा रगत जमेको छ भन्दै उपचारमा जुट्न बताए । आर्थिक अवस्था कमजोर इश्वरीलाई आफ्नो टाउँकोमा जमेको रगत सफा गर्न चानचुने कुरा थिएन । यद्धपी, उनलाई आफ्ना आफन्त र छरछिेमेकीहरुले सान्तवाना दिए । उपचारका निम्ति सरसापटी र केही ऋण वापत सहयोग गर्ने आफ्ना आफन्त र छरछिमेकीहरुले जनाएपछि, इश्वरीले हिक्मत गरिन् । ठूलो त्याग, तपस्या, हिक्मत र लामो प्रयास पश्चात इश्वरीले टाउँकोमा जमेको रगतलाई सफा गरिन तर सो क्रममा लागेको करिव ८ लाख रुपैया बढी ऋणहरुले इश्वरीलाई दैनिक हैरान र तनाव बनाइरहेको थियो । यसैबीच, इश्वरीले आफुले बीमा गरेको वापत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट घातक रोग वापत सहयोग पाइन्छ भन्नेसम्म अत्तोपत्तो थिएन । इश्वरीको हाल बेहाल अवस्थाले परिवारमा त्यतिकै समस्या थियो । उपचारमा लागेको ऋण तिर्न र आगामी समयमा गरिनुपर्ने उपचारमा लाग्ने खर्चको जोहो जुटाउन । तर, सोही गाउँका दिनेश आर्चाय मार्फत कम्पनीको दमक शाखा कार्यालयका प्रमुख सुमनकुमार राईले इश्वरीको समस्या बारे थाहाँ पाए । खबर पाउन साथ कम्पनी दमक शाखा प्रमुख राईले आवश्यक प्रकृयाका लागि अस्पतालका सम्पूर्ण कागाजातहरु जुटाउन पीडित परिवारलाई जनाए । सोही अनसार सवै कागाजातहरु जुटाएको महिना दिन वित्न नपाउँदै कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौंबाट दमक शाखा कार्यालयमा इश्वरीको नाममा रु १० लाखको चेक आइपुग्यो । सोही चेक आज शुक्रबार दमक शाखा कार्यालयमा एक कार्यक्रमबीच बीमितकर्ता इश्वरी थापा कटुवाललाई हस्तान्त्रण गरियो । कार्यक्रममा दमक शाखा प्रमुख सुमन कुमार राई र दमक–८ का वडाध्यक्ष पशुपतिराज गौतमले इश्वरीलाई संंयुक्त रुपमा हस्तान्त्रण गरेका थिए । चेक हस्तान्त्रण कार्यक्रममा दमक उद्योग वाणिज्य संघका सदस्य एबम् दमकका उद्यमी व्यवसायी अशिम राई, पत्रकार महासघ झापा शाखा सदस्य अनिलदेब राई, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, अभिकर्ता एबम् एजेन्सी म्यानेजर नारायण प्रसाद खरेल लगायत दर्जन बढी अभिकर्ताहरु उपस्थित थिए । अभिकर्ता संघ दमकका सचिव अर्जुन राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा अभिकर्ता संघ दमकका अध्यक्ष नारायण भण्डारीले सञ्चालन गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...