दाङ्गमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु ।

स्वास्थ्य

दाङ्गमा  सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु ।

अक्टुबर १२ दाङ्ग :-दाङ्गमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको ज्यान गएको छ । नियमित उपचार गराइरहेका तीन जनाको ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाले जानकारी दिएका छन् । जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन् ।

बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि उपचार औषधि सेवन गरिरहेको अवस्थामा परिवारले मृत्यु भएको खबर अस्पतालसम्म पुर्‍याएका छन् । नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराहीका इञ्चार्ज दिलीप न्यौपानेले जानकारी दिए । केन्द्रबाट १५ जनाले नियमित रगत साप्ताहिक रुपमा लिइरहेका मध्ये तीन जनाको ज्यान गइसकेको र १२ जनाले अहिले नियमित रगत लिइरहेको जानकारी न्यौपानेले दिए । मुत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।

राप्ती उपक्षेत्रीय अस्पतालका सूचना अधिकारी अहमद मारुक खानले दाङका थारू समुदायमा बढी सिकलसेल एनिमिया देखिएको र हालसम्म अस्पतालबाट ९८ जनाले उपचार गराइरहेको बताए । उनले अस्पतालमै कसैको मृत्यु नभएको भए पनि घरमा मृत्यु भएको खबर आएको बताए । सिकलसेलको पहिचान भएकाहरु उपचारका लागि सिफारिश माग्न आएका ८६ जनालाई निःशुल्क सिफारिश गरेको जनस्वास्थ्य प्रमुख धनश्याम पोख्रेलले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...