दुबईमा एक नेपाली युवतीको कोरोना संक्रमणबाट मृत्यु,संक्रमित संख्या २०७६ ।

स्वास्थ्य

दुबईमा एक नेपाली युवतीको कोरोना संक्रमणबाट मृत्यु,संक्रमित संख्या २०७६ ।
अप्रिल ६ युएई :-यूएईको दुबईमा घरेलु काम गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तीनदिन अगाडि नै पेट दुखेको भन्दै अस्पताल जानुभएको थियो। अस्पतालले औषधि दिएको थियो। बिहीबार राति पनि एकदमै पेट दुखेको भन्‍नुभएको थियो’, मृतकका नजिकका आफन्त हेमराज भण्डारीले भने, ‘शुक्रबार बिहान १० बजेसम्म नउठेपछि घरमालिकले नै ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेका थिए।शवलाई प्रहरी आएर लिएर गएको थियो।’ दुबईस्थित अल रफ्फा प्रहरी चौकीले महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य प्रतिवेदन सोमबार आफन्तलाई उपलब्ध गराएको हो। उनी १० वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी वरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्। आवुधावीस्थित नेपाली दूतावासले यसबारे अनौपचारिक सूचना आएको जनाएको छ। यूएईमा सोमबार थप तीन नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। हालसम्म ११ जना पुगेको छ। तीमध्येदुई जनालाई निको भइसकेको छ। युएईको आजको पछिल्लो जानकारी ! युएईमा आज अप्रील ०६ तारिख २०२० सोमबार -२७७ जना कोरोना भाईरसको नयाँ संक्रमित भेटिएको छ। हाल सम्म संक्रमित हुनेको संख्या - २,०७६ जना पुगेको छ ।त्यसैगरी आज संक्रमित - १ जनाको मृत्युु भएको छ। कोरोना भाइरस बाट युएईमा मृत्यु हुनेको संख्या - ११ जना पुगेको छ।संक्रमित मध्ये आज -२३ जना उपचार पश्चात् पुर्णरुपमा स्वास्थ्य लाभ भएका छ्न भने हाल सम्म कोरोना भाइरस बाट संक्रमित उपचार पश्चात् - १६७ जना पुर्णरुपमा स्वास्थ्य भइसकेका छन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...