दुई करोड नदिए ज्यान मार्ने धम्की दिने पक्राउ ।

अपराध

अगस्ट ९ काठमाडौँ :-दुई करोड नदिए ज्यान मार्ने धम्की दिने कार्यमा संलग्न काठमाडौं रानीबारी बस्ने रामेछाप लिखु गाउँपालिका-७ तिल्पुङ घर भएका ३० वर्षीय लोप्सन लामा तथा मिलन तामाङ भन्ने बाबुराम तामाङ र उनका सहयोगी काठमाडौं लैनचौर बस्ने रामेछाप लिखु गाउँपालिका-७ घर भएका २५ वर्षीय अमृत तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामेछाप लिखु गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कालाई धम्की दिई २ करोड नदिए छोराछोरी तथा सम्पूर्ण घर परिवारलाई मारिदिन्छु भनि रकम माग गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले अनुसन्धान गर्दै जाँदा काठमाडौं महानरपालिका-१५ स्वयम्भूस्थित विजेश्वरीमा निज बाबुराम तामाङलाई फेला पारी नियन्त्रणमा लिने क्रममा प्रहरी टोलीमाथि नै आक्रमण गरेको र आत्मसमर्पण गर्न आदेश दिँदा समेत अटेर गरी भाग्ने क्रममा उनलाई घुँडामुनि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।साथै उनका सहयोगी अमृत तामाङलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सो महाशाखाले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...