पोखरामा ४ महिने तमु जातीको सि कर्म(मृत सस्कार) तालीम सम्पन्न |

मूलबासि /भूमिपुत्र

पोखरामा ४ महिने तमु जातीको सि कर्म(मृत सस्कार) तालीम सम्पन्न |
मे १८ पोखरा :-पोखराको लेखनाथ महानगरपालिका चापापानी -१२ मा अवस्थित उत्तरपुर्बी ल्हेंगे परिवारको क्होइवो धिमा तमु जातीको ४ महिने सि कर्म(मृत सस्कार) प्रशिक्षण सम्पन्न भएको छ ।उक्त प्रशिक्षण २०७४ माघ, १३ गते बाट तमु प्ये ल्हु संघ केन्द्रको समन्वय तथा उत्तरपुर्बी ल्हेंगे परिवारको व्यवस्थापन र प्रशिक्षक पच्यु चिबा बेल बहादुर ल्हेगे तमु द्वारा संचालन भएको हो । यस प्रशिक्षणमा प्रदेश नं १ ताप्लेजुङ जिल्ला मिकुवा खोला गाउपलिका वडा न.२ खोक्लिङ्ग गाउँ निवासी डम्मर प्हच्यु तमु, लोक बहादुर प्हच्यु तमु, सिदिङ्वा गाउपलिका वडा न.७ सुरुम्खिम निवासी मणि ल्हेगे तमु र चित्रे ल्हेगे तमु गरि जम्मा ४ जना प्रशिक्षार्थी सम्मिलित थिए । उक्त तालिमका प्रशिक्षार्थीहरुलाई मनोबल र हौशला प्रदान गर्नका निमित्त स्वदेश र विदेशबाट बिभिन्न संघ सस्थाका तमु दाजुभाई तथा दिदीबहिनीहरुले आर्थिक तथा उक्त सि कर्म(मृत सस्कार) गर्दा खेगीहरुलाई आवश्यक सामाङ्ग्रीहरु सबै सहयोग गरेको छ ।

सहयोग गर्ने व्यक्तिहरु :- १.पुर्ण बहादुर ल्हेगे तमु (धम्पुस) ५ जनाको समुहमा (ढोल)तौदु २ थान) २.लेख बहादुर ल्हेगे तमु (धम्पुस) ३.कमल प्रसाद ल्हेगे तमु (धम्पुस) ४.ओम प्रसाद ल्हेगे तमु (धम्पुस) ५.आई बहादुर ल्हेगे तमु(लुम्ले) ६.कन्चन ल्हेगे तमुस्यो प्ये ल्हु संघ केन्द्रिय समिति (कोषध्यक्ष) टौकी १ थान ७.शान्ति पर्जु तमुस्यो तमु प्ये ल्हु संघ केन्द्रिय समिति (महासचिव) टौकी १ थान ८.सत्यम ल्हेगे तमु (किसन) लुम्ले झ्याली (छ्योले) २ थान ९.पुष्पा तेल्मे तमुस्यो प्ये ल्हु संघ केन्द्रिय आमा समितिका (अध्यक्ष) सामा काजा २ थान १०.शेखर ल्हेगे तमु (धम्पुस) ङ्ह(ढङ्ग्रो) २ थान,म्हुजा २ थान ११.हितकाजी टु तमु (तमु प्ये ल्हु संघ केन्द्रिय समिति) राल्पु २ थान १२.भिम प्रसाद ल्हेगे तमु(निरु) लडे २ थान १३. हाई सुब्बा ल्हेगे तमुस्यो पच्युको माला ४, ते १ सेट १४.बेल बहादुर ल्हेगे पच्यु (स्याखु) क्हु २ थान १५.ले.बिर बहादुर ल्हेगे तमु प्ले ब्यानर (उत्तरपुर्बी ल्हेगे समितिका अध्यक्ष) लगायत छन् ।

प्रशिक्षार्थीहरु अहिले आफ्नो घराएसी समस्याका कारण पुन: प्रशिक्षेणको माग तथा अनुरोध गर्दै जेष्ठ ०४ गते पोखरा बाट घर फर्केका छन् । साभार :-छ्याजलो डट कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...