सिन्डिकेट तोड्न सफल बिन्दुबासिनी सरकारबाट पीडित हुँदै |

देश

सिन्डिकेट तोड्न सफल बिन्दुबासिनी सरकारबाट पीडित हुँदै |
अप्रिल २० फिस्टेल न्युज सम्बादाता लोकेन तमु ,पोखरा :-पोखरा नगर बस यातायात समितिको सिन्डिकेटलाई तोड्दै संचालनमा आएको नगर बस हो बिन्दुबासिनी यातायात ।२०७२ माघ महिनाबाट संचालनमा आएको यश बिन्दुबासिनीका बसहरुलाई पोखरामा सिन्डिकेट चलाइरहेका पोखरा नगर बस समितिले बिन्दुबासिनी समितिका बसहरुलाइ पटक पटक तोडफोड गर्नुका साथै समिति दर्ता गर्नबाट रोक्नका लागि पोखरा बन्द ,चक्काजाम समेत गरेकाथिए । पोखरा नगर बस समितिको सिन्डिकेटलाई पृथ्वी यातायात समिति ,पोखरा ट्याक्सी समिति लगायतले साथ दिएका थिए ।पटकपटकको तोडफोडको बाबजुद पनि पोखराका केही युवाहरुले अन्तत बिन्दुबासिनी यातायात समिति बिधिवतरुपमा कास्की जिल्ला प्रशासनमा दर्ता गराएर सन्चालनमा ल्याइ छाडे । यस अघि २०६९ सालतिर बिन्दुबासिनीले पोखरामा समिति दर्ता गर्ने प्रयास गरेतापनी पोखरा नगर बस समितिको बिरोधका कारण गुड्न तयारी बनाइएका बसहरुलाइ समेत बिस्थापित गर्नुपरेको पीडा समितिका अध्यक्ष सोम गुरुङले फिस्टेल न्युजलाइ पोख्न भयो । स्थानीय ब्यबसायिहरुसंग लड्दै भिड्दै यस समितिले झन्डै ६ दर्जन जति बसहरु पोखरामा चलाइरहेको छ ।सिन्डिकेट प्रणालीलाई तोड्दै सरकारले यातायात ब्यबसायी संघहरु भङ्ग गरि प्रतिस्पर्धामा आउन बस संचालकहरुलाइ निर्देशन गरेपछि यो समिति पनि पीडित हुन पुगेको छ ।स्थानीय ब्यबसायीको सिन्डिकेट प्रणालीलाई तोड्न सफल बिन्दुबासिनी समिति सरकारको यो नितिबाट भने चिन्तित छन । तर लामो समयदेखि पोखरा र आसपासमा जरो नै गाडेर बसेको सिन्डिकेटलाई तोड्न सकेकोमा गर्व लागेको बताउदै अब भने पर्ख र हेर भन्ने सिद्धान्तमा रहेको बिन्दुबासिनी समितिका अध्यक्ष गुरुङले बताउनु भयो । जनताको सेवाका लागि आफुले यातायात ब्यबसाय शुरु गरेको हुदा कति पनि बिचलित नहुदै बस संचालन गर्दै जाने बिचार राख्नुहुदै अध्यक्ष गुरुङले सरकारले ब्यबसायिको हितकै लागि यातायात कानुन ल्याउने आशामा रहेकोे बताउनुभयो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...