युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६०,९९९ |

स्वास्थ्य

युएईमा कोभिड – १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६०,९९९ |
अगस्ट ३ मनु कोंमे तमु युएई :-युएईमा कोभिड - १९ को नयाँ संक्रमित २३९ ,संक्रमित संख्या ६०,९९९ युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० अगस्ट ०२ तारिख आइतबार २३९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ६०,९९९ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ३६० जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५४,६१५ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३५१ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ६,०३३ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...