सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकहरुले दिए राजिनामा |

मूलबासि /भूमिपुत्र

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकहरुले दिए राजिनामा |
जुलाई ५ काठमाडौं सशस्त्र प्रहरी बलका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षकले बिहीबार राजीनामा बुझाएका छन् ।राजीनामा बुझाएकाहरुमा एआइजी जानकीराज भट्टराई, निराकारविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् |उनीहरुले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई राजीनामा बुझाएका थिए | देउवा सरकारले जादाँजादै प्रदेशहरुमा खटाउने गरी एआइजीको विशेष पद सिर्जना गरी बढुवा गरेको थियो । तर, त्यसको कार्यान्वयन हुन नपाउदै देउवा सरकार गयाे र करीब दुर्इ तिहाइ बहुमतको वाम नेतृत्वको सरकार बनेको थियो । जसले गर्दा सो निर्णय कार्यान्वयन हुन सकेन र उनीहरु भूमिकाविहिन बनेका थिए । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आचारसंहिताका बेला देउवा सरकारले गरेको सम्पूर्ण निर्णय बदर गर्ने निर्णय गरेसँगै उनीहरुले पनि राजीनामा दिएको जानकारहरु बताउछन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...