तामांग समुदायको राष्ट्रिय पर्व ल्होछार देश बिदेशमा भब्य रुपमा मनाईदै |

मूलबासि /भूमिपुत्र

तामांग समुदायको राष्ट्रिय पर्व ल्होछार देश बिदेशमा भब्य रुपमा मनाईदै |
माघ २२ काठमाडौँ :- तामाङ समुदायको ठूलो राष्ट्रीय पर्व ल्होछार मंगलबार धुमधामसँग देश तथा विदेशमा भब्य रुपले मनाइएको छ । त्यसै गरि यस पर्वमा प्रदेश नं ३ सरकारले प्रदेशमा सार्बजनिक बिदा दिइएको छ ।पर्वको अवसर पारेर काठमाडौंको टुँडिखेलमा फाग\ड्वा मल्हो मूल समारोह समितिले कार्यक्रमको आयोजना गरेको थियो । तामाङ भाषामा ‘ल्हो’ भन्नाले वर्ष र ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । समग्रमा यो तामाङ जातिको धार्मिक नभएर सांस्कृतिक पर्व रहेको तामाङका अग्रजले बताउँछन् । बालीनाली थन्क्याएपछि शुरु हुने यो पर्वमा पूजाआजा गरिनुका साथै विभिन्न परिकार खाने प्रचलन रहेको तामाङ संस्कृतिका जानकार सुशील थोकर बताउनुहुन्छ । ल्होछारको दिन बिहानै नुहाइधुवाइ गरेर शुद्ध भएर भगवानको प्रार्थना तथा पूजा गर्ने गरिन्छ । आज लामा गुरु तथा घरमूलीबाट पूजापाठ गर्दछन् । गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतप्रेतको पराजय होस् भनेर कामना गर्ने प्रचलन छ । मान्यजनबाट आशीर्वाद लिँदै विशेष परिकार कुथुक्पा, रोटी, फुलौरा, फलफूल खाने गरिन्छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...