नेपाल मगर संघ इजरायलले ३७ औ मगर स्थापना दिवस मनाए |

मूलबासि /भूमिपुत्र

नेपाल मगर संघ इजरायलले ३७ औ मगर स्थापना दिवस मनाए |
फागुन १६ इजरायल :-इजरायलमा पनि मगर समुदायले ३७ औ मगर स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।फागुन १५ को दिन तेल अभिवमा नेपाल मगर संघ इजरायलका अध्यक्ष लिला थापा मगरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ तथा बिशेस अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद इजरायलका कावा अध्यक्ष शान्ता अधिकारी ज्ञवाली लगायत इजरायलका विभिन्न संघ /सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।कार्यक्रम सभापति ,प्रमुख अतिथि तथा बिशेस अतिथिले संयुक्त रुपमा दिप प्रज्वलन लगतै शुरु भएको कार्यक्रममा मगर मुक्ति ,हक ,हित प्राप्तिको लागी ज्यान गुमाउनु हुने सम्पूर्ण शहिदहरु तथा हिजो नेपालमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रविन्द्र अधिकारी लगायत ७ जनाको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो |   नेपाल मगर संघ इजरायलका तृतीय उपाध्यक्ष सुर्य राना मगरले स्वागत तथा शुभकामना दिनु भएको थियो ,भने संघ/संगठन बिभाग सद्स्य (निबर्तमान संरक्षक) तारा काउचा मगरले मगर समुदायको लागी फागुन १५ एक महत्व पूर्ण दिन भएको बारे प्रस्ट पार्नु भएको थियो ।यसै गरी प्रमुख अतिथि आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ तथा बिशेस अतिथिमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद इजरायलका कावा अध्यक्ष शान्ता अधिकारी ज्ञवाली ,भोजपुर समाजका अध्यक्ष बालकुमार राई,तमु समाज इजरायलका कावा अध्यक्ष ओम गुरुङ लगायतले शुभकामना दिनु भएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन रविन्द्र अधिकारी लगायत ७ जनाको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउन परेको दुखद क्षणको सम्झना गर्दै मृत्यु हुनु भएका सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु हुँदै देश बिदेशमा छरिएरा रहनु भएका सम्पूर्ण मगरहरुमा ३७ औ मगर स्थापना दिवसको शुभकामना तथा कार्यक्रममा उपस्थिति हुनुभएका सबैलाई धन्यवाद दिनु हुँदै सभापति तथा मगर संघ इजरायलका अध्यक्ष लिला थापाले कार्यक्रम समापन गर्नु भएको थियो |कार्यक्रम संघका सचिव बिबश आले मगरले संचालन गर्नु भएको थियो | बिस २०३९ फागुन १५ पहिलो महाधिवेसनबाट मनोनित सस्थापक अध्यक्ष स्व।हेमबहादुर पुनमगर सहित तत्कालिन सस्थापक सबै पदाधिकारी सदस्यहरु लगाएतले बैधानिक रुपले स्थापना गरेको दिनलाई प्रत्येक बर्ष मगर समुदायले स्थापना दिवसको रुपमा मनाउदै आएको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...