तमु प्ये ल्हु संघ लमजुङ्गको घर दैलो कार्यक्रम आज समापन हुँदै ।

मूलबासि /भूमिपुत्र

तमु प्ये ल्हु संघ लमजुङ्गको घर दैलो कार्यक्रम आज समापन हुँदै ।
जुलाई २७ पोखरा :- तमु प्ये ल्हु संघ लमजुङ्गले लमजुङ्ग जिल्लाको बेसिशहरमा निर्माण गर्न लागेको क्होइवो निर्माणार्थ घरदैलो गरी रहेको छ । तमु प्ये ल्हु संघ केन्द्र र कास्की शाखाको व्यवस्थापनमा तमु प्ये ल्हु संघ लमजुङ्गले आर्थिक संकलन अभियानमा लागेको छ । यसै क्रममा संघले लमजुङ्गबाट पोखरा आई बसोबास गरेका विभिन्न समाज र व्यक्तिहरुसँग दैनिक घरदैलो गर्दै रकम संकलन अभियानमा लागेको छ । अभियानको तेस्रो दिन आज भुजुङ्ग तमु समाजले ३ लाख ८४ हजार रुपैयाँ प्रदान गरेको तमु प्ये ल्हु संघ लमजुङ्गका सचिव मनमाया गुरुङ्गले जानकारी दिनुभयो । उनका अनुसार आजमात्रै अभियानमा करिब साढे ५ लाख रकम संकलन भएको छ । तिन दिन देखि जारी अभियानमा अहिलेसम्म करिब साढे ७ लाख रकम संकलन भएको पनि उनले जानकारी दिइन् । अभियान साउन ११ गते (आज )सम्म सञ्चालन हुनेछ । अभियानको समापन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले शक्तिघाट रानीपौवामा रहेको फलिना क्वोइवोमा भईरहेको कार्यक्रम रहेको अध्यक्ष क्याप्टेन मिल बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...