इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा ”सोनाम ल्होसार” भब्य रुपले मनाउने तयारीमा |

मूलबासि /भूमिपुत्र

इजरायलमा ह्योल्मो समाज इजरायलको आयोजनामा ”सोनाम ल्होसार” भब्य रुपले मनाउने तयारीमा |
माघ १ तेल अविव :- ह्योल्मो समाज इजरायल द्वारा २१४६ औं सोनाम ल्होसार मनाउने भएको छ | आउँदो ८ फेब्रुवरी २०१९ शुक्रबारको साँझ तेलअविव स्थित EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै )भव्यताका साथ ल्हो कुकुर ( खि ) बर्गलाई लाई बिदाइ नया ल्हो फा (सुङ्गुर ) बर्गलाई स्वागत गर्दै बिशेष सामुहिक भोज सहित भव्यताको साथ मनाउने ह्योल्मो समाज इजरायलका सचिव समिर लामा स्यांग्बाले बताउनु भएको छ | सो ल्होसार कार्यक्रमको लागि नेपालबाट चर्चित सेलो/स्याब्रु/म्हेंदो माया गायक सुमन घले र हाँस्यकलाकार एवं म्युजिक कम्पोजर /रचनाकार /कभर सिंगर दावा दोर्जे ह्योल्मो आउनु हुने भएको पनि वहाले बताउनु भएकोछ | ह्योल्मोहरुको पहिचान बोकेको , राष्ट्रिय नेपाली पर्व तथा नयाँ बर्ष सोनाम ल्होसार प्रत्येक बर्ष इजरायलमा पनि मान्दै आएको छ |यस बर्ष पनि गत बर्षहरुमा जस्तै धार्मिक सांस्कृतिक र पराम्पारिक रुपले मनाउन लागेको हो |यस कार्यक्रममा उपस्थित भई शुभकामना आदन प्रदान, सामुहिक स्याब्रु (नृत्य ) तथा सामुहिक पारम्परिक नाचगानको साथमा डिजे संगीतिक मनोरंजन गर्नको लागि इजरायल बासि सम्पूर्ण ह्योल्मो समुदाय तथा सम्पूर्ण नेपालीहरुमा ह्योल्मो समाज द्वारा अनुरोध गरिएको छ |

२१४६ औं सोनाम ल्होसार:- ह्योल्मो समाज इजरायल मिती :-फेब्रुवरी ८- २०१९ स्थान :- EVENTO HALL Yagia Kapayim 10 (EVE पार्टी हलको नजिकै ) समय :-साँझ ७ बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...