उभौली साकेला २०१९ इजरायलमा भब्य रुपले मनाए ,इन्दिरा राईको नया नेतृत्वमा किरांत राई यायोख्खा नेपाल इजरायल ।

मूलबासि /भूमिपुत्र    विदेश

उभौली साकेला २०१९ इजरायलमा भब्य रुपले मनाए ,इन्दिरा राईको नया नेतृत्वमा किरांत राई यायोख्खा नेपाल इजरायल ।
मे १९ तेल अभीव :- किरात समुदायको मौलिक राष्ट्रिय चाड उभौली साकेला २०१९ तेल अभीवमा भब्य रुपले सम्पन्न भयो । ''बिस्वका राई किरातहरु एक हौ ,आफ्नो भेष ,भुषा,भाषा लिपी धर्म कला र संस्कृती सरक्षण ,र सम्बर्दन गरौ''भन्ने मूल नाराका साथ मे १७ साँझ सम्पन्न भएको कार्यक्रम बबीना राईको सभापतित्व भएको थियो । कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ प्रमुख अतिथी ,एन आर एन एन सी सी इजरायलका अध्यक्ष शान्ता अधिकारी ज्ञवाली बिशेष अतिथी र अतिथीमा बिभीन्न सामाजिक,धार्मीक ,जातीय ,राजनैतीक संघ ,सस्थाका अध्यक्ष तथा प्रतिनीधीहरु उपस्थीती रहेको थियो । कार्यक्रममा किरातीहरुको मौलिक नाच साकेला ,नेपालबाट आमन्त्रित कलाकारहरु शम्भु राई तथा ब्रबिम लिम्बुको प्रस्तुतीका साथै स्थानीय कलाकारहरुको मौलिकता बोकेको प्रस्तुतीहरुले कार्यक्रममा मनोरंजन दिलाएको थियो । हरेक बर्षको मङ्सिर महिनाको पुर्णिमा उधौली र बैशाख महिनाको पुर्णिमामा उभौली साकेला मनाउने गर्दछ ।उभौली साकेलामा किरातीहरुले प्राकृतिक पुजा गरेर मनाउने गर्दछ ।हरेक बर्ष उभौली साकेलामा प्राकृतिक पुजा गर्दा अन्न बाली बिउबिजन लगायत छरपाउ गरेको अन्नबालीहरु राम्रो संग फलोस फुलोस बर्ष भरि खाना पुगोस ,भनेर आफ्नो पिता पुर्खाहरुलाई वर् माग्ने गर्दछ | औचारिक कार्यक्रमको बिसर्जन संगै साधारणसभाबाट श्री ईन्दु कोयु राईको अध्यक्षतामा किराँत राई ययोख्खा नेपाल इजरायलको नया कार्य समितीको घोषण गरिएको थियो । नया निर्बाचित कार्यसमितीलाई किराँत राई ययोख्खा नेपाल इजरायलका सस्थापक सरक्षण वाल कुमार राईद्वारा सपथ ग्रहण गराईएको थियो ।

किराँत राई ययोख्खा नेपाल इजरायलको नयाँ कार्यसमिति :- अध्यक्ष :- इन्दिरा राई बरिस्ठ उप-अध्यक्ष :- मैयाँ राई उप-अध्यक्ष :- देब कुमार राई महासचिव :- चन्द्र कला राई सचीव :- मिना देबि राई कोषअध्यक्ष :- माया राई सदस्यहरु:- अमृत राईअ उमा राई निलिमा राई सुजन राई#! अस्मिता राई

सरिता राई रेखा राई ज्ञानु राई लक्ष्मी राई रमेश राई निता राई

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...