युएईमा कोभिड-१९ संक्रमित ५४ ,८५४ पुग्यो।

विदेश

युएईमा कोभिड-१९ संक्रमित ५४ ,८५४ पुग्यो।
जुलाई १२मनु कोंमे तमु /युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५०,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई १२ तारिख आइतबार ४०१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५४,८५४ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ४९२ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ४५,१६० जना पुर्णरुपमा निको भइसकेका छ्न। त्यसैगरी संक्रमित भइ उपचार भइरहेका आज थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३३३ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ९,३८१ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। त्यसैगरी युएई सरकारले बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसको कारण बन्द रहेको भिसा नविकरणको फुकुवा गरेको छ।युएईको संघीय प्राधिकरण (आइसिए) ले चरणबद्ध रुपमा म्याद सकिएका आवासीय भिसा,परिचयपत्र र वर्क परमिट भिसा नविकरण गर्नको लागी जुलाई १२ तारिख आइतबार देखि लागु हुने गरि घोषणा गरेको छ। नेपाल राजदुतावास युएईले गत २८ अप्रील २०२० देखि खुला गरेको नेपाली नागरिकहरुको विवरण संकलन फाराम (registration form for nepali nationals in the uae) १० जुलाई सम्म ३७,२३० जनाले भरेको छ। उक्त विवरण भर्ने र अन्य माध्यमहरु टेलिफोन,इमेल तथा फेसबुक मार्फत राजदुतावासमा सम्पर्क गरि नेपाल फर्कन नाम टिपाउनेहरुको एकीकृत नामावली राजदुतावास युएईले सार्वजनिक गरेको छ। यसैगरी कोभिड - १९ कोरोना भाइरसका कारण युएई बाट नेपाल फर्कने अवस्थामा रहेका नेपाली नागरिकहरु चार्टर्ड उडानहरु मार्फत राजदुतावास युएईले सार्वजनिक गरेको नामावलीको प्राथमिकताको आधारमा नेपाल फर्काउने जारी रहेको छ। युएईको अबुधाबी,दुबई र शारजाह विमानस्थल बाट नेपाल एयरलाइन्स , हिमालय एयरलाइन्स,एयर अरेबिया,इतिहाड एयरवेज र फ्लाइ दुबईको ३५ वटा उडानहरुबाट १२ जुलाई २०२० सम्म ५ हजार ८ सय ५९ जना नेपाली नागरिकहरु स्वदेश फर्की सकेको नेपाल राजदुतावास युएईले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...