नेवार समुदायको राष्ट्रिय पर्व चोथा पर्व इजरायलमा भोली मनाउने ।

जनजाती बिशेस

नेवार समुदायको राष्ट्रिय पर्व चोथा पर्व इजरायलमा भोली मनाउने ।
अगस्ट २९ तेल अभिव :-राष्ट्रिय नेवा :खल :इजरायलको आयोजनामा नेवा समुदायको राष्ट्रिय पर्व चोथा पुजा मनाउने भएको छ ।प्रबासमा रहेता पनि आफ्नो मौलिक पहिचान भाषा, धर्म, कला,संस्कार संस्कृति,चाडपर्ब साथै भेषभूषाहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ स्थापित राष्ट्रिय नेवा: खल: इजरायलद्वारा भोली अगष्ट ३० तारीखका दिन नेपाल सम्बत ११३९ गुंलागा शुक्रबार साँझ ६ बजे तेल-अभिब स्थित नोकिया पार्कमा नेवार समुदायको मौलिक राष्ट्रिय पर्ब चोथा: पूजा बिशेस कार्यक्रम गरी मनाउने भएको नेवा खल इजरायलका अध्यक्ष मनु श्रेष्ठले बताउनु भएको छ ।यस पावन अबसरमा शुभकामना आदान-प्रदान साथै प्रसाद ग्रहण कार्यक्रमको आयोजना गरिएको हुँदा इजरयाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा उपस्थितिको लागी नेवा खल इजरायलद्वारा हार्दिक अनुरोध तथा निमन्त्रणा गरिएको छ। राष्ट्रिय नेवा: खल: इजरायल चोथा पुजा २०१९ स्थान :-नोकिया पार्क तेल अभीव समय :-६ बजे साँझ मिती :-अगस्ट ३० तारिख शुक्रबार

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...