इजरायलमा नया बर्ष २०७६ सांगीतिक कार्यक्रम सहित भब्य रुपले मनाउने ।

विदेश

इजरायलमा नया बर्ष २०७६ सांगीतिक कार्यक्रम सहित भब्य रुपले मनाउने ।
माघ १७ इजरायल :-इजरायलमा नया बिक्रम सम्बत २०७६ बर्ष सांगीतिक कार्यक्रम सहित भब्य रुपले मनाउने भएको छ । एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोषको रकम बृद्दी गर्ने उद्देश्य राखी यस कार्यक्रमको आयोजना गर्न लागेको हो।''हामी जुटौं हाम्रै लागी''भन्ने मुल उद्देश्य राखी गर्न लागिएको सो कार्यक्रम इजरायलमा बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको रकममा पनि सन्तुलन ल्याउनको निमित्त आयोजना गरिएको छ । यस नयाँ बर्ष सांगीतिक साँझ -२०७६ कार्यक्रमको लागी नेपालबाट चर्चित गायिका/बेली डान्सर प्रिती आले मगर र गायक कृष्ण काफ्ले आउनु हुने भएको छ । आउदो १२ अप्रिल २०१९ (शुक्रबार) साँझ तेलअविव स्थित वाईजमान ६० रहेको हलमा भव्यताको साथ मनाउने भएको छ । नेपालबाट आमन्त्रित कलाकारहरुको प्रस्तुतिसंगै इजरायलमा रहनु हुने स्थानीय कलाकारहरुले पनि सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । इजरायलमा स्थापित सामाजिक, धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २१ वटा संघ संस्थाहरुको आयोजकत्व तथा इजरायलमा संचालित मिडिया पार्टनरहरुको सहकार्यमा कार्यक्रम भव्यताको साथ मनाउने आपतकालिन अक्षयकोष इजरायलले बताएको छ ।इजरायलबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा उपस्थिती भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन  सबैलाई अपिल गरेको छ ।

स्मरण रहोस यस आपतकालिन कोषबाट हाल ५ जना बिरामीहरुले ६०० सेकेल प्रती महिनाको दरमा सहयोग लिईरहेका छन् |

 

नयाँ बर्ष सांगीतिक साँझ -२०७६ मिती:-१२ अप्रिल २०१९ (शुक्रबार ) स्थान :- वाईजमान ६० तेल अभिव इजरायल समय :-साँझ ७ बजे प्रवेश शुल्क :-१२० सेकेल

(तेलअविव लेवेन्सकीपार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क यातायातको व्यवस्था रहेको छ ।)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...